आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि बाँकेको प्रदेस सभा–१ ‘ख’ बाट पत्रकारसहित एमालेका ७ जना आकांक्षी देखिएका छन् । आकांक्षी रहेका ७ जनाको नाम शनिबार सिफारिस गरिएको छ ।
प्रदेश सभा–१ ’ख’ बाट एमालेले दुर्गाप्रसाद थारु, नरेन्द्र शर्मा, सुर्य रोकाय, कुश्माखर बस्याल, अनिता पौडेल, बिजुला अधिकारी र विष्णु बेल्बासेको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख सतिश निरौलाले जानकारी दिए ।
यसैगरी समानुपातिकतर्फ आरती पौडेल, होमप्रकाश सुवेदी, निर्मला सुनार, दयाराम अधिकारी, शान्ति सुनार, दयाराम लुहार र गोपाल गिरीको नाम सिफारिस गरिएको छ । प्रदेश सभा–१ ‘ख’ बाट २०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनले जितेको
थियो । बाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी नेतृ आरती पौडेल निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसले नारायणप्रसाद गौडेललाई आफ्नो उम्मेदवार बनाएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्