रुम टु रीडद्वारा स्थानीय सरकारसंग बालिका अन्तरक्रिया

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रुम टु रिडको आयोजनामा स्थानीय सरकारसंग बालिका अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कोहलपुरका ८ वटा विद्यालयका बालबालिकाहरुको सहभागितामा कोहलपुरका नगर प्रमुख, उपप्रमुख, आर्थिक विकास समितिका संयोजक दिल बहादुर परियार, शिक्षा शाखा प्रतिनिधि, महिला बालबालिका शाखा प्रतिनिधि , इलाका प्रहरी कार्यालयका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधिको सहभागितामा सो अन्तरक्रिया कार्यक्रम भएको हो ।

सो अन्तक्रिया कार्यक्रममा बालबालिकाहरुले स्थानीय तहबाट के कस्ता निति, नियम, कानून, कार्यविधि र समस्याहरुको बारेमा प्रश्नहरु सोधेका थिए । सोही प्रश्नहरुका जवाफ सम्बन्धीत निकायका प्रमुख हरुले दिएका थिए ।

यस्तै पढनको लागि कोठा कार्यक्रमलाई कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत, उप प्रमुख सञ्जु कुमारी थारु, शिक्षा शाखा कोहलपुर प्रहरी कार्यालयका प्रतिनिधि होम बिक्रम थारु, नेपाल पत्रकार महासंघ प्रतिनिधि डिल्ली शाही र रुम टु रीडका प्रतिनधि तथा कर्मचारीहरुले कार्यक्रमको सहजिकरण गरेका थिए ।

यस्तै कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले शिक्षा क्षेत्रमा निकै ठुला ठुला समस्या भएको र यसको सामाधानको लागि सबै मिलेर अगाडि जानुपर्नेमा जोड दिएका थिए ।