Kohalpur Today Header Ads

हक, अधिकारका पक्ष लड्न संघर्ष समिति




कृष्ण कुमार शाही, बाँके ।

बाँके जिल्लामा रहेका थारु अगुवाले संघर्ष समिति बनाएका छन् । नेपाली कांग्रेस निकट थारु समुदायहरुले आफ्ना हक, अधिकारका पक्ष लड्न संघर्ष समिति बनाएका हुन् । शनिबार एक औपचारीक कार्यक्रम गरी महेन्द्र थारुको अध्यक्षतामा ४० सदस्यी संघर्ष समिति बनाएका थिए ।

यस्तै बैजनाथ गाउँपालिकाको संयोजकमा पवनकुमार चौधरी, कोहलपुरको संयोजक रामबहादुर थारु र सह–संयोजक दिलकुमारी थारुलाई तोकिएको छ भने राप्तीसोनारी गाउँपालिकाको समिति आइतबार गठन गरिने संघर्ष समितिका अध्यक्ष थारुले बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्तै समिति निर्माण गर्ने क्रममा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समयमा पार्टी नेतृत्वले थारु समुदायलाई उपेक्षा गरेको गुनासो गरेको बताएका थिए ।

सो कार्यक्रममा कांग्रेसका निर्वतमान जिल्ला उपसभापति एवम् महासमिति सदस्य फुलाराम थारु, जिल्ला सचिव सञ्जुकुमारी चौधरी, जिल्ला समन्वय समितिका पुर्व सदस्य गुट्टु थारु, थारु अगुवा सुरेश चौधरी, वडाअध्यक्ष श्रीकृष्ण थारु, दीपेन्द्र चौधरी र कांग्रेसका क्षेत्रीय प्रतिनिधी तथा क्रियाशिल सदस्यहरुको उपस्थित रहेको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिबार