कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले गरे पदभार ग्रहण (भिडियाे सहित)

Featured Video Play Icon

कोहलपुर ।

कोहलपुर नगरपालिका १२ का नवनिर्वाचित वडा अध्यक्ष लगायत सबैै जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । सोमबार एक औपचारीक कार्यक्रम गरी वडा अध्यक्ष विरेन्द्र कुमार शाहले पदभार ग्रहण गरेका छ्न ।

ठिक ७ः३० मा स्वस्तिवाचन सहित कार्यकक्षमा प्रवेश गरेका थिए । पदभार ग्रहणमा वडाका कर्मचारीले स्वागत गरेका थिए ।

यस्तै कार्यक्रममा निवर्तमान कार्यवाहक वडा अध्यक्ष नैन बहादुर शाहिले वडामा शिक्षा, स्वास्थ, यातायात लगायत सुरु गरेका केही कामहरु छन सो कामको निरन्तरताको लागि अनुरोध गरेका थिए ।

यस्तै वर्तमान अध्यक्ष विरेन्द्र कुमार शाहले जनताको प्रत्यक्ष सरोकारका विषया निवर्तमान कार्यसमितिको सल्लाहमा जनमुखी सेवामुखी कार्य गरी सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा नारायणी वलि लगायत सबै निवर्तमान पदाधिकारी सहित आम वडा बासिको उपस्थिति रहेको थियो ।