राप्तीसोनारी ८ का वडा अध्यक्ष पदका उम्मेदवार बिष्णु केसी को हुन् ?

कोहलपुर ।

सामाजिक क्षेत्रमा भिजेका विष्णु केसी स्व.बुवा मान बहादुर केसी र स्व. आमा विमला देवी खत्रीको कोखबाट २०४२ साल चैत्र ४ गते बालापुरमा जन्मभएको थियो । उनका १ छोरा र १ छोरी गरी दुई भाईबहिनी छन् । उनले १-१० शिवशक्ति मावि, ११-१२ बाँके उच्च शिक्षा नेपालगञ्ज र विए महेन्द्र बहुुमुखी क्याम्पस नेपालगञ्जबाट उर्तिण गरे ।

सानै उमेरदेखि राजनितिक क्षेत्रमा प्रवेश गरी दिनरातको प्रवाह नगरी सामाजिक कार्यमा ठुलो योग्दान दिएका छन् । उनले कहिलै पनि राजनितिक हिसावभन्दा पनि सबै सम्मान रुपमा सहयोगको भावना भएका केसी अहिले सबैको मुखमा झुण्डीएको विष्णु केसी कै नाम छ । कक्षा ९ देखि राजनितिक क्षेत्रमा लागेका केसीले नेपाली सेनामा पाँच वर्षको योगदान गरे ।

घरमा समस्या भएपछि उनले नेपाली सेनाबाट राजिनामा दिए । हाल ओभरी टोल कमिटिको अध्यक्ष छन् । उनको शिक्षा, स्वाथ्य, कृषि र पूर्वाधार विकास प्र्रमुख एजेण्डा हो । कोरोना महामारी भएको बेलामा खाद्यान्न, आर्थिक, सामाजिक, भौतिक समस्या समाधान गर्नका लागि पहल गरेको अध्यक्ष पदका उम्मेदवार केसी बताउँछन् ।

यस्ता छन् प्रमुख एडेन्डा

१. भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गरी जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने ।
२. कृषि उपज केन्द्रको रुपमा विकास गर्ने ।
३. बाह्रै महिना सिँचाईको व्यवस्थापन गर्ने ।
४. कृषकलाई आधुनिकरण कृषि औजारको व्यवस्थापन गरी उचित मल, विउ उपलब्ध गराउने ।
५. पूर्वाधार विकासमा सडक पक्की, ग्राभेल, नाली निर्माण, ढल निकास आदी ।
६. निष्पक्ष, प्रतिस्पर्धी, जनमूखी एव पारदर्शी प्रशासनिक सेवा र घुसखोरी, कालोबजारी, भ्रष्टाचार न्यूनिकरण गर्ने ।
७. ३० यूनिटसम्म विद्युत र १० यूनिटसम्म खानेपानी निःशुल् उपलध गराउने ।