को हुन् कोहलपुर ८ अध्यक्ष पदका उम्मेदवार चन्द्र बुढा ?

कोहलपुर ।

आफ्नै वडामा केही गर्नुपर्छ भन्ने स्वाभाव भएका अति मेहिनत कर्मठ व्यक्ति चन्द्र बुढा गतिलो उदारण हुन् । कोहलपुर वडा नम्बर ८ पिपरीमा बस्दै आएका उनलाई विहानदेखि साँझ अबेरसम्म पनि दिर्घकालिन विकासका बारेमा निकै चिन्ता र पिरोल्छ । हरेक दिन जनताको घरदैलोमा पुगेका चन्द्र अहिले निकै सहज र सरल रुपमा वडाबासीहरुले विश्वास गर्ने उनको आशा छ ।

उनी व्यवसायको रुपमा चन्द्रज्योति कृषि र्फम र चन्द्रज्योति किराना पसल छ । कृषि र्फम र किराना पसलले व्यक्तिगत रुपमा परिवर्तन गर्न सक्छ तर समाजलाई परिवर्तन गर्दैन भन्ने सोच आयो । बुवाआमाको हौसला, साथ र सहयोगले शिक्षाले मात्र गाउँ, टोल, समाज र देशको मुहार फेर्न सकिन्छ भन्ने लाग्यो । त्यसपछि क्यान्भास बोडिङ्ग स्कुल सञ्चालनमा ल्याए ।

संस्थापकदेखि कक्षा कोठासम्म नै अध्यापन गराउन शिक्षिका रहेको एक मात्र विद्यालय हो क्याभास बोडिङ्ग स्कुल । उनले बोडिङ्ग स्कुलमा २० जना विद्यार्थीहरुलाई ५० प्रतिशतमा अध्यापन गराइरहेका छन् । बुवा तुले बुढा र आमा नैनसरा बुढाको कोखबाट २०४५ साल भदौ १५ गते जाजरकाेट जिल्लाको छेडागाँडा-९ मा  जन्मिएका हुन् चन्द्र बुढाका दुई छोरी छन् ।

जसमा जेनिसा बुढा र डिम्बल बुढा हुन् । उनले १—१२ त्रिभुवन माध्यमिक विद्यालय र कानुन विषय अध्ययनरत छन् । उनको राजनितिक १६ वर्षदेखि नै सुरु गरी विभिन्न विद्यार्थी संगठनदेखि मजदुर संगठन हुँदै अहिले वडाको सचिव र नगर कमिटि सदस्य छन् । विभिन्न संघ संस्थामा पनि ठुलो योगदान गरेका छन् । समाज परिवर्तनका लागि निकै अहोरात्र खटिरहेका बुढा अहिले कोहलपुर ८ बाट अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । कोरोना महामारी भएको बेलामा सबैको घरघरमा खाद्यान्न, आर्थिक, सामाजिक, भौतिक समस्या समाधान गर्नका लागि पहल गरेको अध्यक्ष पदका उम्मेदवार चन्द्र बुढा बताउँछन् ।

(कोहलपुर टुडे संग गरिएको कुराकानीको सम्पादित अंश)

यस्ताे टिम