वडा अध्यक्ष पदका उम्मेदवार धर्म सिहं कार्की (सुवास) को हुन् ?

राजनीतिक नै मेरो जीवनको समाज सेवा गर्ने बाटो हो भन्ने सोच भएका गतिलोे उदारण हुन् धर्मसिंह कार्की (सुवास) । कोहलपुर वडा नम्बर ११ मा बस्दै आएका उनलाई विहानदेखि साँझ अबेरसम्म पनि दिर्घकालिन विकासका बारेमा निकै चिन्ता र पिरोल्छ । हरेक दिन जनताको घरदैलोमा पुगेका सुवास अहिले निकै सहज र सरल रुपमा वडाबासीहरुले विश्वास गर्ने उनको आशा छ ।

उनको सहयोगी, मनकारी स्वभाव छ । कोहलपुर ११ मा निकै संघर्ष, बलिदान र त्याग गरी देशको सेवामा लागेका छन् । उनको शैक्षिक योग्यता, बौद्धिक, कर्म, परिश्रमि, लगनशील एवं उच्च राजनीतिक/प्रशासनिक क्षमता भएका योग्य उम्मेदवार हुन् धर्म सिहं कार्की (सुवास) ।

बुवा लोहरे कार्की र आमा साउनी कार्कीको कोखबाट जुम्ला जिल्लाको काेनका सुन्दरी गाउँपालिका ७ मा २०३९ साल ०२ महिना १८ जन्म भएको थियो । उनका चार दाजुभाई छन् । जसमा नोलाराज कार्की, नरिमान कार्की र आकाश कार्की रहेका छन् । नोलाराज कार्की अहिले जुम्लामा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सुवासका श्रीमतिको शुष्मा थापा कार्की सहित चिरिञ्जीवि र अर्जुन कार्की दुई छोरा रहेका छन् । उनले अंग्रेजी विषयमा एम.ए र राजनीति शास्त्र विषयमा पनि एम.ए गरेका छन् ।

२० वर्ष समयसम्म लामो शिक्षण सेवामा योगदान गर्दै १० वर्ष सम्म प्रिन्सिपल तथा क्याम्पस प्रमुख काम गरेका छन् । बागेश्वरी बहुमुखी क्याम्पस सञ्चालन समतिका सदस्य तथा लेखा स. संयोजक (२ वर्ष), नागरिक वडा मञ्च संयोजक (५ वर्ष), जेवाईसी नेपाल अध्यक्ष (३ वर्ष), कोहलपुर नगरपालिका योजना तर्जुमा समिति सदस्य (२ वर्ष), तथा विभिन्न समाजिक संघ संस्था सहकारीमा लामो अनुभव छ ।

उनको कक्षा ८ अध्यनरत हुँदा नेपाल क्रान्तिकारी वि.स. बाँके जिल्ला उपाध्यक्षबाट राजनितिक सुरु भएको थियो । माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य, नगर कमटी सदस्य हुँदै पुर्व नेपाल राष्ट्रिय कर्मचारी संगठनको क्षेत्रीय १ को इन्चार्ज छन् ।

अहिले माओवादी केन्द्रबाट कोहलपुर वडा नम्बर ११ को अध्यक्ष पदको उम्मेदवार दिएका छन् । भूकम्प पिडित सहयोग, कोभिड-१९ को बेला राहत वितरण, बाढी पिडितलाई राहत वितरण, असाय अपाङ्ग बालबालिलाई निःशल्क शिक्षामा सहयोग, १० वटा बालबालिकालाई अभिभावक ग्रहण गरी लर्ड बागेश्वरी ई.मी. स्कुलमा निःशुल्क अध्यपन गराएका छन् । उनलाई सबैले मदतदान गर्नुहुन्छ भन्ने पूर्ण विश्वास लिएका छन् ।

(कोहलपुर टुडे संग गरिएको कुराकानीको सम्पादित अंश)

यस्ताे टिम