Kohalpur Today Header Ads

ढाईवर्ष भित्रमा वडा नम्बर ६ लाई नमूना वडा बनाएकाे छु : रामशरण थारु




नेपालमा २० वर्षपछि स्थानीय चुनाव भएको थियो । निर्वाचन भएपछि आधा कार्यकालमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा कुनै कारणवस रित्त भएमा उपनिर्वाचन मार्फत पदपूर्ति हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार कोहलपुर वडा नम्बर ६ मा पनि उपनिर्वाचन भएको थियो । सो निर्वाचनबाट ६ नम्बर वडाको अध्यक्ष पदमा राम शरण थारु विजय भए ।

 

LIfe Ok

निर्वाचित भएपछि घोषणा पत्रमा राखेका विकास र समृद्धिका विषयलाई निकै गम्भिर लागे । वडा नम्बर ६ लाई नमूना वडाको रुपमा चिनाउन सफल भएका छन् । उनले आफ्नो कार्यकालमा ५० वटा भन्दाबढि योजना, निर्माण र सिपमुलक तालिम सम्बन्धी काम गरे । जसमा पक्कि भवन, सडक, ग्राभेल, नाली निर्माण, विभिन्न तालिम, मठमन्दिर निर्माण, अपाङ्गगता भएका व्यक्तिहरुलाई सहयोग, पिछडिएका वर्गलाई सिपमुलक तालिम, बैदेशिक रोजगारीबाट र्फिकिएका आदिवासी र दलित वर्गलाई सिपमुलक तालिम दिए । तर ढाईवर्ष भित्रमा पनि घोषणा पत्रमा उल्लेख गरेका अधिकांश कामहरु गर्न सफल भए ।

मैले के के बमक गरे र अब के-के गर्ने भन्ने बारेमा योजना बनाई सकेका छन् । वडामा कस्ता समस्या छन्, पुर्ण पहिचान गरेसकेका छन् । जनताका समस्याहरु समाधानको लागि हरदम लागिपरेकै कारण पनि जनताको आवाज के छ भने वडामा पुन रामशरण थारु नै हुनुपर्छ भन्नेनै छ ।

अब शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माण, भौतिक निर्माण र तालिमहरु सञ्चालन गरी स्वरोजगार बनाउने जस्ता योजना बनाएको छु । मेरो विशेष प्राथमिकताको भनेको शिक्षा नै हो । अहिले सामुदायिक विद्यालय छैन वडामा त्यसको लागि कम्तीमा १ विघा जमीनको आवश्यकता छ । त्यसको व्यवस्थापन भैसकेको छ ।

अर्को प्राथमिकता भनेको सर्पदंश उपचार केन्द्र र रझेनाबाट पश्चिम जाने बाटो पिच गर्ने, वडामा सरकारी स्कुलको स्थापनाका लागि पहल गर्ने, पानीको निकासको लागि नालि निर्माण गर्ने, शुद्ध खानेपानी वितरण गर्ने महिला साक्षरतालाई बढाउने, कृषककहरुलाई विभिन्न कमिटिहरु निर्माण गरी तालिमहरु प्रदान गर्ने, वडा स्तरमा उत्पादीत वस्तुको सहज विक्रि वितरण गर्नका लागि बजारिकरणमा पहल गर्ने, टोलटोलका बाटाहरु कालोपत्रे गर्ने, विधुतको सेवा विस्तार गर्ने जस्ता विषयवस्तुहरु रहेका छन् । हालसम्म तपाईहरुबाट पाएको साथ र सहयोगले जे जती कामहरु भए त्योभन्दा अझ प्रभावकारी ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

(कोहलपुर टुडे संग गरिएको कुराकानीको सम्पादित अंश)

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १८ गते आइतबार