कोहलपुर ।
कोहलपुरमा गठबन्धनका साझा उम्मेदवाहरुप्रति आकर्षण बढ्दै गएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनकालागि चुनावी मैदानमा होमिएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनका साझा उम्मेदवारहरुप्रति नगरवासीको आकर्षण देखिएको हो ।
मनोनयन दर्ता गरेसँगै घरदैलो अभियानमा जुटेका गठबन्धनका साझा उम्मेदवारहरुलाई नगरवासीहरुले स्वतस्फुर्त रुपमा स्वागत गरीरहेका छन । गठबन्धनबाट मेयर पदका साझा उम्मेदवार नरेन्द्र न्यौपाने र उपमेयर पदमा नरायणी वली सहित १५ वडाका वडाध्यक्ष र सदस्य गरी गठबन्धनबाट कोहलपुरमा ७७ जनाले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै नरेन्द्र न्यौपानेले मेयर तथा एकिकृत समाजवादीको तर्फबाट नारायणी वलीले उपमेयर पदमा उम्मेदवारी दिएकी हुन ।
घरदैलो अभियानमा गठबन्धनबाट कोहलपुर नगरपालिका वडा नं. १ मा बद्रि प्रसाद जैशीले वडाबासीका समस्या समाधान गर्ने पहिलोे प्राथमिकता रहेको बताएका छन् । ‘घरदैलो अभियानमा वडा नम्बर १ का जन ज्ञानज्योति मावि र कृष्ण मावि विद्यालयमा २ करोड भन्दा बढि बजेट व्यवस्थापन गरी कोहलपुरका मेयर पदका उम्मेदवार नरेन्द्र न्यापाने कै पहलबाट पक्की भवन निर्माण गरेका छौं’ उनले भने, ‘चुनाव जित्न वित्तिकै नाली निर्माण, लालपूर्जा वितरण, भवन निर्माण गर्नेछु ।’
यस्तै गठबन्धनका तर्फबाट २ मा अमर विश्वकर्मा, ३ मा ताराकेशर रिजाल, ४ मा उपेन्द्रनाथ योगी, ५ मा कृष्ण बहादुर थारु, ६ मा रामशरण थारु, ७ मा कुजिया थारु, ८ मा चन्द्र बहादुर बुढा, ९ मा ओपेन्द्रनाथ योगी, १० मा कैलो बोहोरा (कुशल), ११ मा धर्मसिंह कार्की (सुवास), १२ मा निरक शाही, १३ मा मिना कुमारी पुन, १४ मा दान बहादुर वली (निर्माण) र १५ मा राधेश्याम थारुले वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । ‘परिवर्तनलाई संस्थागत गर्न स्थानीय तहको निर्वाचन, समृद्ध कोहलपुर निर्माणकालागि हाम्रो गठबन्धन’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएका गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्र बनाएका छन् ।
काेहलपुर टुडे । १६ बैशाख २०७९, शुक्रबार २३:२२