नव निर्वाचित जिल्ला पदाधिकारीलाई सम्मान

नेपाली काँग्रेस कोहलपुर वडा नं. १०ले नव निर्वाचित जिल्ला कार्यसमिति लाई शनिबार स्वागत तथा सम्मान गरेको छ । नेपाली काँग्रेसको १४औं जिल्ला अधिवेसनवाट निर्वाचित सभापति नारायण प्रसाद गौडेल ,उप सभापति कृण्ण कार्की , गोपाल प्रसाद अधिकारी ,सचिव शुधान्सु कोईराला , सन्जु कुमारी चौधरी ,सहसचिव विनोद कुमार थारु ,रेनु सिंह ठाकुर लगाएत सदस्य कार्यसमिति, कोहलपुर नगरवाट निर्वाचित महासमिति सदस्यहरुलाई सम्पान गरेका थिए ।

कार्यक्रमा नव चिर्वाचित सभापति नारायण प्रसाद गौडेले नेपाली काँग्रेस बाँकेका सवै क्षेत्र , प्रदेश, नगर ,गाँउ पालिका र वडामा निर्वाचित सवै जना बैसाखमा हुने स्थानिय निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । निर्वाचानवाट नेपाली काँँग्रेसको तर्फ वाट निर्वाचनमा उमेदवार बनेका सवै उमेदवारहरुलाई निर्वाचनमा जिताउनु नै एकमात्र लक्ष्य भएको वताए ।

बाँँकेका सवै स्थानिय निकार्य हरुमा जिताउन सके मात्र आफुले जित्यको सार्थकता हुने गौडेलले वताए । साथै आफुलाई निर्वाचनमा सहयोग गर्ने सवैलाई धन्यवाद समेत व्यक्ति गरेका थिए । नेपाली काँग्रेसको अधिवेशन सम्पन्न संगै अव नेपाली काँग्रेस बाँकेमा गुट उप गुठ समाप्त भएको गौडेले वताए ।

कार्यक्रमा नेपाली नेपाली काँग्रेस क्षेत्र नम्वर एकमा क्षेत्रिय सभापति पोषण केसीले नेपाली काँग्रेस क्षेत्र नम्वर एकले सवै नेपाली काँग्रेस जनहरुलाई सम्मान हुने गरेर वडा, नगर,गाँउ ,प्रदेशले काम गर्नु पर्ने वताए । बैसाखमा हुने निर्वाचनमा नेपाली काँग्रेसमा गतिविधिहरु वढाउन सवै क्षेत्र वाट लाग्नु पर्ने अहिलेका आवश्यकता भएको वताए । कार्यक्रमको सभापितत्व वडा नं. १०का वडा सभापति मेघ नाथ भट्टराईले गरेका थिए ।