कोहलपुर । कोहलपुर नगरपालिका–१४ स्थित राम माध्यमिक विद्यालयले विद्यालयको स्वामित्वमा रहेका घर, जग्गा, कोठा, सटर तथा टहराहरू बहालमा लगाउने सम्बन्धी कार्यविधि–२०८३ पारित गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कोहलपुर नगरपालिका–१४ का वडा अध्यक्ष नमबहादुर आले मगरको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो। विद्यालयको स्वामित्वमा रहेका भौतिक संरचना तथा जग्गालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले कार्यविधि ल्याइएको विद्यालयका प्रअ जितेन्द्र यादवले जानकारी दिए ।
कार्यविधिले विद्यालयको सम्पत्तिलाई बहालमा लगाउँदा अपनाउनुपर्ने प्रक्रिया, बहाल सम्झौता, बहाल रकम निर्धारण, अवधि तथा बहालसम्बन्धी अन्य व्यवस्थालाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ। विद्यालयको सम्पत्तिबाट प्राप्त हुने आम्दानीलाई विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उपयोग गर्ने उद्देश्यसमेत कार्यविधिले समेटेको यादवले बताए।
बैठकमा विद्यालय व्यवस्थापन समितिका सदस्य कौशिला कार्कीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति दिवस चन्द न्यौपाने, नेपाली कांग्रेसका वडा सभापति रजित थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सचिव धनबहादुर थापा, त्रिवेणी विकास समाजका प्रमुख प्रमोद चौधरीलगायत विभिन्न राजनीतिक दल तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्