कृष्ण कुमार शाही, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयमा सृजनात्मक लेखन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । अभिनेता राजेश हमाल सहित विभिन्न विधाका स्रस्टाले सहजीकरण गरेका हुन । विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयद्वारा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित दुई दिने सृजनात्मक लेखन सम्बन्धी कार्यशाला सुसम्पन्न भएको हो ।

फाइन प्रिन्ट फिभरको संयोजनमा घुम्ती साहित्य उत्सव शृङ्खला अन्तर्गत कार्तिक २८ देखि सुरु भएको सो सृजनात्मक लेखन कार्यशाला सम्पन्न भएको हो ।नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, चर्चित लेखक सुविन भट्टराई लगायतका विषय विज्ञहरुले विद्यार्थी सहित सहभागीहरु विच आआफ्नो विधामा विषयवस्तु प्रस्तुत गरेका थिए ।कार्यक्रममा अभिनेता राजेश हमालले विश्वविद्यालय कला, सृजनाको खानी भएकाले विश्वविद्यालयको अगुवाइमा गरिने यस किसिमका कार्यक्रमहरुले समाजमा साहित्यिक जागरण पैदा गर्न टेवा पुर्याउने बताए ।

कार्यक्रमका अध्यक्ष कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले यस क्षेत्रलाई शैक्षिक हवका रुपमा विकास गराउन विश्वविद्यालयले यस्ता रचनात्मक कार्यक्रमहरुलाई बढावा दिदै आएको र आउने दिनमा पनि निरन्तरता दिने जानकारी कुरा जानकारी दिए ।
कार्यशालामा मध्यपश्चिम विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक ज्ञवाली सहित योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मीप्रसाद आचार्य, स्थापित लेखक डा. नवराज केसी, रमेश भुसाल, डा. रेशमबहादुर विष्ट, ददि सापकोटा र भूमिश्वर पौडेल लगायतले सहजीकरण गरेका थिए । मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेज्मेन्टमा अध्ययनरत विद्यार्थीहरुलाई आइतवार विहान अभिनेता हमालले अतिथि कक्षा लिई आफूले हासिल गरेको ज्ञान तथा अनुभव प्रदान गरेको जानकारी विश्वविद्यालयका प्रशासकीय अधिकृत शेर बहादुर के सि ले कोहलपुर टुडेलाई जानकारी दिए । के सि ले विश्वविद्यालययले यस खालका गतिविधि लाई निरन्तरता दिदै आएको पनि कोहलपुर टुडेका सम्वादाता लाई जानकारी गराएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्