मृत्यु संस्कारमा गएका वडाअध्यक्षमाथि भएको थियो गोली प्रहार




धनुषा। धनुषामा मृत्यु संस्कारमा सहभागी हुन गएका बेला मिथाली बिहारी नगरपालिकाका वडाअध्यक्षमाथि गोली प्रहार भएको खुलेको छ ।

मिथाली बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका सोही वडाका विन्देश्वर यादवमाथि विवादक्रममा गोली प्रहार भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याएलगत्तै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए ।

मृत्यु संस्कारमा गएका बेला दुई पक्षबीच विवाद छ, त्यहीबेला अर्को पक्षले वडाअध्यक्ष यादवमाथि गोली प्रहार गरेको जानकारी आएको छ,’ डीएसपी बमले भने ।

दुई पक्षको विवादमा सम्झाउन अघि सरेका वडाअध्यक्ष यादवमाथि नै गोली प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । विवादका क्रममा भएको झडपमा ७ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार