कोहलपुर सिटी एकेडेमीमा वार्षिक खेलकुद प्रतियोगिता सुरु




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको कोहलपुर सिटि एकेडेमीमा बार्षिक खेलकुद प्रतियोगिता सुरु भएको छ ।

बिहिबार कोहलपुर नगरपालिका शिक्षा शाखा अधिकृत रविलाल मिजारको प्रमुख अतित्थ्यता तथा विद्यालयका संस्थापक प्रिन्सिपल प्रसान्त रिजालको अध्यक्षतामा बार्षिक खेलकुद प्रतियोगिता सुरु भएको हो ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर शिक्षा शाखाका शिक्षा अधिकृत रविलाल मिजार खेलकुद केवल मनोरञ्जनका लागि होइन, यो जीवनको अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता सिकाउने माध्यम रहेको बताए ।

खेलकुदले परिश्रम गर्न, हारजित स्वीकार्न र भावना विकास गर्न मद्दत गर्छ जसले भविष्यमा उनीहरूलाई सक्षम, जिम्मेवार र आत्मनिर्भर नागरिक बन्न सहयोग पु¥याउने उनको विश्वास रहेको थियो ।

यस्तै कार्यक्रममा विद्यार्थीहरूले आकर्षक मार्चपास र सांस्कृतिक नृत्य प्रस्तुतिहरु राखेका थिए ।

यस्तै प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूका लागि १०० मिटर दौड, २०० मिटर दौड, शटफुट, ज्याब्लिङ थ्रो, लङ्ग जम्प, ट्रिपल जम्प, हाइ जम्प र रिले दौड प्रतियोगितामा प्रतिस्पर्धा हुनेछ भने भलिबल र कबड्डी प्रतियोगितामा हुनेछ ।

यस्तै कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुका लागि कुर्ची दौड, चकलेट दौड लगायत रमाइलो खेलहरू छन् ।

विद्यालयका संस्थापक प्रिन्सिपल प्रसान्त रिजालले शिक्षणसँगै खेलकुदमा सहभागी विद्यार्थीहरूमा नेतृत्व, सहकार्य र आत्मअनुशासनको गुण विकास हुने लक्ष्यका साथ खेलकुद प्रतियोगिता गर्न लागेको बताए ।

आगामी वर्षहरूमा यस प्रतियोगितालाई अझ व्यवस्थित र अन्तरविद्यालय स्तरमा विस्तार गर्ने योजना रहेको बताए ।

पहिलो दिनमा १०० मि. दौड, २०० मि.दौड, र सटफुट (छात्र छात्रा) लगायतका खेलविधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २७ गते बिहीबार