इलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाँउपालिकाबाट चितुवाको छालासिहत तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कायालय, कोहपुरका इन्चार्ज डिएसपी रविन्द्र खनालका अनुसार बैजनाथ गाउँपालिका वडा नम्वर ५ बाट चितुवाको छालासहित बैजनाथ गाउँपालिकाका यमबहादुर विद्यकर्मा, बर्दिया मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको छ ।
चितुवाको छालासाथमा राखेर हिडिरहेका उनिहरुलाई शंका लागेर जाँच गरेको इन्चार्ज खनाले बताए । उनीहरुलाइ इप्रका कोहलपुर ल्याइएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्