Kohalpur Today Header Ads

नेकपा एकीकृत समाजबादीको कोहलपुर १४ काे अध्यक्षमा पुन




काेहलपुर । 

नेकपा एकीकृत समाजबादीको कोहलपुर वडा नं १४ को वडा कमिटी गठन भएको छ। शनिबार केन्द्रिय कमिटी सदस्य एबं बाँके जिल्ला सह-इन्चार्ज अब्दुल हुसेन खाँको प्रमुख आतिथ्यता रतन बहादुर सुनारको अध्यक्षतामा बसेको वडा भेलाले लक्ष्मी पुनको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ।

LIfe Ok

कमिटिको उपाध्यक्षमा शरण खतिवडा र गीता भन्डारी सचिवमा चन्दा थापालाई निर्बिरोध चयन गरेको हाे।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय सदस्य अब्दुल हुसेन खाँले कम्युनिस्टको पुनर्गठनको अवस्यकताका बारेमा आफनो धारणा राख्दै कम्युनिस्ट पार्टीको सिद्धान्तले मात्र परिवर्तनको संभावना भएको हुँदा पार्टिको निती र विधिलाइ आत्मसात गर्दै समाज परिवर्तनमा सम्पुर्ण पार्टी पंक्तिलाई लाग्न आह्वान गरे ।

यस्तै नवनिर्वाचित अध्यक्ष लक्ष्मी पुनले पार्टिको नितिलाइ गाउँ समाज टोलसम्म पुर्याउन आफ्नो पुरै टिम सशक्त ढंगले लाग्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमको सहजीकरण जिल्ला उप-सचिव भगवती अधिकारीले गरेका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २५ गते शनिबार