कोरोनाका कारण स्थगित बर्दिया महोत्सवको तयारी थालियो, फागुन १६ देखि २६ गतेसम्म चल्ने




रावन विश्वकर्मा,

कोरोनाका कारण स्थगित बर्दिया महोत्सव २०७८ को तयारी थालिएको छ । बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजनामा पौष २९ गते देखी माघ ९ गते सम्म सञ्चालन हुने भनिएको महोत्सव अन्तिम समयमा स्थगित भएको थियो । स्थगित वाई वाई पाँचौ बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया महोत्सव अवः फागुन १६ गते देखी फागुन २६ गते सम्म सञ्चालन गरिने भएको छ ।

महोत्सवको तयारी अहिले तिव्र पारिएको महोत्सव मुल आयोजक समिति तथा बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष रामसिङ थारुले जानकारी दिनुभयो । महोत्सवलाई भव्य रुपमा सफल पार्न पहिले नै गठित बिभिन्न उपसमितिलाई क्रियाशिल बनाई सबै तयारी तिव्र पारिएको छ ।

बाँसगढीको खानेपानी चोक नजिकै मैनापोखर जाने चोकको उत्तर साईडमा महोत्सव सञ्चालन स्थलमा तारबार, स्टल निर्माण, गेट निर्माण, मञ्च निर्माण देखी बिभिन्न बाल उद्यानका सामाग्रीहरु निर्माण भईरहेको बाँसगढी उद्योग वाणिज्य सँघका बरिष्ठ उपाध्यक्ष तथा प्रयोजक तथा स्टल बुकिङ्ग उपसमिति संयोजक बद्री बरालले जानकारी दिनुभयो ।

महोत्सवमा बढी भन्दा बढी दर्शक भित्र्याउन बिभिन्न माध्यम मार्फत प्रचारप्रसारलाई पनि तिव्र पारिएको प्रचार प्रसार उपसमिति संयोजक एकनारायण अधिकारीले जानकारी दिनुभयो ।  “घुम्न जाऔँ बाँसगढी महोत्सव” भन्ने मुल नारा सहित १० दिन सम्म सञ्चालन हुने महोत्सवले स्थानिय कला संस्कृतिको संरक्षण र प्रवद्र्धन सँगै बर्दियामा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ११ गते बुधबार