कोहलपुर ।
कोहलपुर उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरुको सहजताका लागि गत विहिबारदेखि नापतौल यन्त्र दर्ता तथा नविकरण सम्बन्धी शिविर आज समापन भएको छ ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले छिटोभन्दा छिटो नापतौल यन्त्र दर्ता तथा नविकरण २ सय १७ जनाले सेवा लिएको जानकारी दिए ।
नापतौल तथा क्षेत्रीय गुणस्तर कार्यालय नेपालगञ्ज धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै कोहलपुरमा नै शिविर सञ्चालन गरेका थियौं उनले भने शिविरमा संघको सदस्यता प्राप्त गरेका व्यवसायीले मात्रै नापतौलका यन्त्र दर्ता, अद्यावधिक तथा नविकरण गरेर शिविरबाट लाभ लिए ।
डिजिटल एवम् म्यानुअल तराजुहरु, ढकहरु सहित सबै प्रकारका यन्त्रहरु नापतौल भएको उनको भनाई थियो । यस्तै उवासंघका सम्पूर्ण पदाअधिकारी उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्