कोहलपुर ।
प्रेस सेन्टर कोहलपुर नगरपालिकाको संयोजकमा संगिन शर्मा चयन भएका छन् । शनिबार भएको पहिलो भेलाले संगिन शर्मालाई संयोजकमा चयन गरेको छ ।
प्रेस सेन्टरका केन्द्रिय सदस्य सुशिल लामिछानेको प्रमुख अतिथि तथा डक्ट धितालको सभापतित्वमा भएको कार्यक्रममा सो भेला भएको थियो ।
सो भेलाले खगेन्द्र आचार्य, डिल्ली शाही, शुभाकर विश्वकर्मा, विवेक रेग्मी, रामगोपाल विक, राजु चौधरी, पुष्पराज हमाल, धर्म गौतम, सरस्वती भट्टराई, हरी खड्का, रुपा चौधरी, निरज सिंह ठकुरी, कृष्ण कुमार शाही, शुशिला शर्मा लगायत सदस्यहरुमा चयन भएका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने, नगर उपाध्यक्ष अविरल खड्का, केन्द्रिय सदस्य प्रदिप वाग्ले, उपाध्यक्ष राजेन्द्र आचार्य लगायतको उपस्थिति रहेका थिए ।
प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार
प्रतिक्रिया दिनुहोस्