कोहलपुर ९ को युवा क्लब अध्यक्षमा योगी

कोहलपुर ।

कोहलपुर नगरपालिका वडाहरुको युवा क्लब गठन गरिएको छ ।

शनिबार एक औपचारिक कार्यक्रम गरी अंकित नाथ योगीको अध्यक्षतामा ११ जना सदस्यीय युवा क्लब गठन गरिएको छ । जसको उपाध्यक्ष पुनम रावत, सचिव सिमान थारु र कोषाध्यक्ष प्र्रदिप यादव चयन भएका छन् ।

यस्तै सदस्यहरुमा मोहन रावत, श्रवण कुमार वर्णवाल, सम्झना थारु, कुशल थारु, सृष्टी शाही लगायत चयन भएका छन् । सो कार्यक्रममा प्रमुख अतिथि ठाकुर प्रसाद थारुको रहेका थिए ।

नवनिर्वाचित योगीले युवाहरुलाई एकिकृत ढङ्गबाट अगाडि बढाउने उद्देश्य राखेको बताए । उनका अनुसार समाजमा रहेका विकास निमार्णका कामहरु गुणस्तिहिन काम भएका, विसंगति, विकृती र रितिरिवाजलाई जोगाउनका आवश्यक रहेको बताए ।

यस्तै यस क्लबले युवाहरुलाई सक्षम र सफल बनाउने काम गर्ने उनको प्रमुख लक्ष्य रहेको उनको दावी थियो ।