Kohalpur Today Header Ads

हिमाको किशोरकिशोरीले सिके वकालत शीप




फाल्गनु १, जुम्ला

लैंगिक विभेदका साथै बालबालिकाहरुको अधिकार संरक्षणका लागि जुम्लामा सक्रिय किशोरकिशोरीहरुलाई दुई दिने वकालत शिप तालिम सम्पन्न भएको छ ।

आईतबार सम्पन्न तालिममा हिमा गाउँपालिकामा रहेको परिवर्तनका संवाहक समूहका एक्काइस जना किशोरकिशोरीहरुको सहभागीता रहेको थियो । परिवर्तनका संवाहक समुह सामाजिक कुरुती विरुद्ध नेतृत्व लिनका लागि गठन गरिएको समूह हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

प्लान इन्टरनेशनल नेपालको सहयोगमा आत्म सम्मानका लागि सहकार्य (क्याड), जुम्लाको आयोजनामा भएको तालिममा बालबालिकालाई प्रभाव पार्ने सवालहरुमा वकालत गर्ने शीपको बारेमा जानकारी दिइएको थियो ।

दुई दिने तालिममा हिमा गाउँपालिकामा बालबालिकासँग सम्बन्धित सवालहरुको पहिचानका साथै किशोरकिशोरीहरुले खेल्न सक्ने भूमिकाको बारेमा समेत छलफल गरिएको थियो ।

सहभागीहरुले हिमा गाउँपालिकामा बालविवाह, छाउपडी प्रथा, लिंगको आधारमा विभेद तथा गुणस्तरीय शिक्षाको कमी जस्ता सवालहरु पहिचान गरेको क्याडका कार्यक्रम संयोजक सोमराज जिसिले जानकारी दिए ।

तालिम पश्चात सहभागीहरुले तालिमले आफ्नो पालिकामा बालविवाह रोकथामका लागि सरोकारवालासँग वकालत गर्न सक्ने क्षमताको विकास भएको बताए । तालिमको सहजीकरण बिशाल रानामगरले गरेका थिए ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १ गते आइतबार