कोहलपुर ।
बाँकेको डुडुवा गाउँपालिकाबाट १ लाख मूल्य बराबरको अवैध सालकाे काठ प्रहरीले बरामद गरेको छ ।
नेपाल प्रहरी, शशस्त्र प्रहरी र सब डिविजन कार्यालयको बाँकेको विशेष कमाण्ड टोली डुडुवा गाउँपालिका २ बस्ने कमाल खाँको घरबाट ३१.६७ क्वी फिट अवैध रुपमा राखिएको सालकाे काठ नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले स्थानीय व्यक्तिहरूको रोहवरमा अवैध काठ बरामद गरेको हो । अवैध रूपमा सालकाे काठ घरमा लुकाईछिपाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा सब डिविजन कार्यालयको कमाण्ड र प्रहरीकाे विशेष टाेलीले सालकाे काठ बरामत गरेकाे सव डिविजनका प्रमुख दधिलाल कँडेलले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्