हुम्ला, मुगु, डोल्पा र कालीकोटमा दिवा खाजा रकम बढाइयो

हुम्ला, मुगु, डोल्पा र कालीकोटमा दिइँदै आएको दिवा खाजा रकम वृद्धि गरिएको छ।

सरकारका अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमा बोल्दै कर्णालीका केही जिल्लामा यस्तो कार्यक्रम अघि सारिने बताए ।

हाल सरकारले बालविकासदेखि कक्षा पाँचसम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, प्रतिविद्यार्थी १५ रुपैयाँका दरले दिवा खाजा दिने गरिएको उक्त रकम अपुग हुने गरेको गुनासो आइरहेको छ ।