हुम्ला, मुगु, डोल्पा र कालीकोटमा दिवा खाजा रकम बढाइयो




हुम्ला, मुगु, डोल्पा र कालीकोटमा दिइँदै आएको दिवा खाजा रकम वृद्धि गरिएको छ।

सरकारका अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमा बोल्दै कर्णालीका केही जिल्लामा यस्तो कार्यक्रम अघि सारिने बताए ।

हाल सरकारले बालविकासदेखि कक्षा पाँचसम्म दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, प्रतिविद्यार्थी १५ रुपैयाँका दरले दिवा खाजा दिने गरिएको उक्त रकम अपुग हुने गरेको गुनासो आइरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ जेठ १५ गते मंगलबार