ब्राउनसुगरसहित एक महिला पक्राउ




काेहलपुर ।

बाँकेमा ब्राउनसुगरसहित बर्दियाकी एक महिला पक्राउ परेकी छिन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार राती ९ः५० बजेको समयमा नेपालगंज–१ को शिव मन्दिर नजिकवाट बर्दियाको मधुवन–४ की २५ बर्षिय दुर्गा शर्मालाई १२ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयवाट खटिएको टोलीले चेकजाँच गर्नेक्रममा उनले लुकाई छिपाई राखिएको १२ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको बाँके प्रहरीको भनाई छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिबार