अनेरास्ववियु र राष्ट्रिय युवा संघद्वारा बैजनाथमा प्रधानमन्त्रीकाे पुत्ला जलायो

कृष्ण कुमार शाही, बैजनाथ ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु विद्यार्थी संगठन र राष्ट्रिय युवा संघ नेपाल बाँकेले बिहिबार बैजनाथमा प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

युवा संघ बाँकेका इन्चार्ज खेमराज शर्माले स्थानिय तहको निवार्चनको मिति घोषणा नहुँदासम्म संघर्षका कार्यक्रमहरू तिव्र रूपमा आन्दोलन हुने कोहलपुर टुडेलाइ जानकारी दिए ।

उनका अनुसार हिजो नेपालगञ्जमा आन्दोलनका कार्यक्रम गरेका थियो आज बैजनाथमा गरेका छौ तर बाँके ८ वटै पालिकाहरूमा सो कार्यक्रम गर्ने बताए ।