काेहलपुर ।
बाँकेमा ब्राउन सुगर र १ लाख ४४ हजार सहित ३ जना पक्राउ गरेकाे छ ।
बाँके नेपालगंज उपमहानगरपालिका-०७ गगनगंज बस्ने आदित्य श्रेष्ठको घरमा लागू औषध ब्राउन सुगर ल्याई बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागू औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलिले ब्राउन सुगर र १ लाख ४४ हजार सहित ३ जना पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार घर कोठा खानतलासी गर्दा उपमहानगरपालिका-०७ गगनगंजका आदित्य श्रेष्ठको साथबाट ३० ग्राम ब्राउन सुगर, तौल गर्ने तराजु र नगद दश हजार सोहीकोठामा बस्ने अंकित श्रेष्ठ र सुर्खेतका बिरेन्द्र नगरपालिका-६ का गणेश भण्डारीको साथबाट १ लाख ३४ हजार सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाईएको काेहलपुर टुडेलाइ जानकारी दिएइकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्