अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ




दाङमा पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा प्रहरीले तीन जनलाई प्रक्राउ गरेको छ ।

अनलाइन नेटवर्किङबाट १७ हजार ठगी गरेको भन्दै एकजना पीडितले प्रहरीमा उजुरी दिएको आधारमा तीन जानलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताए । पक्राउ पर्ने सबै रोल्पा घर भई घोराही बस्नेहरु रहेका छन् । तीनै जना होटल सञ्चालक हुन् । घटनाबारे थप अनुन्धान भइरहेको र पक्राउ पर्नेक्रम जारी भएकाले उनीहरुको नाम गोप्य राखिएको छ ।

पक्राउ परेकाहरुले दुई महिनामा पैसा डबल हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजारसम्म हाइफर, साफिरलगायतमा लगानी गर्न भन्दै अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ ।

उनका अनुसार पछिल्लो समय अनलाइनबाट पैसा कमाउने भन्दै ठूलो रकमको अबैध कारोबार भइरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहीबार