साफ यू-१९ महिला च्याम्पियनसिपमा भारत र बंगलादेश संयुक्त विजेता




काठमाडौं ।

भारत र बंगलादेश साफ यू-१९ महिला च्याम्पियनको संयुक्त विजेता बनेका छन् । नाटकीय फाइनल खेल सडन डेथमा पुगेर पनि बराबरी भएपछि दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

साफको प्रतियोगितामा दुई टिमलाई संयुक्त विजेता घोषणा गरिएको यो पहिलो पटक हो ।

बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेका थियो ।

तर त्यहाँ पनि दुवै टिमले ११–११ गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि फाइनल खेल खेलाएका नेपाली रेफ्री अन्जन राईले टस मार्फत भारतलाई विजेता घोषणा गरिन् । तर बंगलादेशले रेफ्रीको निर्णयमा गम्भिर असहमती जनाउँदै फाइनल खेल सकिएपछि पनि मैदान छाड्न मानेनन् ।

त्यसपछि अन्त्यमा दुवै टिमलाई संयुक्त विजेता घोषणा गर्ने निर्णय गरिएको दक्षिण एसियाली फुटबल महासंघ साफले जनाएको छ ।

प्रतियोगितामा कूल ४ टिम सहभागी थिए । राउण्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा नेपाल एक खेल जित्दै तेस्रो स्थानमा रहेर फाइनल होडबाट बाहिरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रबार