मन बहादुर केसी स्मृति कप खेलकुद प्रतियोगिता उपाधी शिवशक्ती मा वि पेरानीले उचाल्यो

राप्तीसोनारी ।

राप्तीसोनारी गाउँपालिका वडा न ८ पेरानी स्थिति शिवशक्ति माध्यामिक विद्यालयमा शुक्रबार देखी सुरु भएको स्व. मन बहादुर केसी स्मृति कप चौथो मा वि तह खेलकुद प्रतियोगिताको उपाधी शिव शक्तिशाली मा वीले उचाल्न सफल भएको छ! शनिबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण ५ रजत ३ काश्य सहित शिवशक्ती मा वि प्रथम भएको हो ! प्रतियोगितामा ३ स्वर्ण ४ रजत ७ काश्य दुर्गा भवानी मा वि शम्शेरगज दोस्रो हुन सफल भएको छ भने ३ स्वर्ण ५ रजत २ काश्य गणेश मा वि ढकेरी तृतीय भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा छात्र भलिबल तर्फ गणेश मा बि ढकेरी प्रथम दुर्गा भवानी मा शम्शेरगज दोस्रो र शिव शक्ति मा वि पेरानी तेस्रो भएका छ्न ।छात्रा भलिबल तर्फ शिव शक्ति मा वि पेरानी प्रथम दुर्गा भवानी मा वि शम्शेरगज दोस्रो र जनशक्ति मा वि बालापुरले तृतीय स्थान प्राप्त गरेका छ्न । त्यस्तै प्रतियोगितामा भलिबल तर्फ गणेश मा वि का सागर शाह,मनिषा थापा शिवशक्ती मा विका विराज बि क ,प्रदीप उत्कृष्ट खेलाडी घोषित भएका छ्न

एथलेटिक्स छात्रतर्फ शिवशक्ती मा वि का कपिल विष्ट र छात्रा गणेश मा वि की छात्रा सविता थारु उत्कृष्ट खेलाडी घोषित भएका छ्न । प्रतियोगितामा राप्ती सोनारी ८ र ९ का ७ वटा मा वि विद्यालयहरुले सहभागिता जनाएका थिए ।