दमन हस्तक्षेप र गिरफ्तारी तत्काल बन्द गर : गैसस महासंघका केन्द्रिय सदस्य धर्म रोकाया




काेहलपुर ।

संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै आज बिहान प्रदर्शन गरेको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित १४ जना पक्राउ गरेपछि गैसस महासंघका केन्द्रिय सदस्य धर्म राेकायले सामुदायिक वन उपभोक्ता महासंघ नेपालको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन हस्तक्षेप र गिरफ्तारी तत्काल बन्द गर्नुपर्नेमा बताएका छन् ।

उनले काेहलपुर टुडेसंगकाे कुराकानीमा बाेल्दै गिरफ्तार गरिएका वन अधिकारकर्मीहरुलाई तत्काल रिहाई हुनुपर्ने माग समेत गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार