पत्रकार गुरूङद्वारा नेपालगन्जमा चिरायु मिट सप्लायर्स सञ्चालन




नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुरमा चिरायु मिट सप्लायर्स सञ्चालनमा आएकाे छ ।

बाँकेमा लामाेसमयदेखि पत्रकारीता गर्दै आएका गजेन्द्र गुरुङले नयाँ व्यवस्थापनका साथ चिरायु मिट सप्लायर्स साेमबारदेखि सञ्चालनमा ल्याएका छन् ।

खसीदेखि लाेकल कुखुरा हुँदै ब्रोइलर कुखुराकाे मासु र माछासम्म पाइन्छ, ग्राहककाे माग अनुसार हाेमडेलिभरीकाे व्यवस्था समेत रहेकाे गुरूङ बताउँछन् ।

उनी  बाँकेबाट सञ्चालित काँचुली खबरडटकमका सम्पादक हुन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमबार