मैत्रीपुर्ण क्रिकेट खेलमा आदर्श माध्यमिक विद्यालय विजयी

भगवती पोख्रेल, कोहलपुर ।

त्रिभुवन नमुना मा.वि.कोहलपुर र आर्दश मा.वि. नेपालगञ्जका शिक्षक कर्मचारीहरु बिच मैत्रीपुर्ण क्रिकेट खेलमा आर्दश मा.वि. नेपालगञ्ज विजयी भएको छ ।

विहान ९ः०० बजे गोर्खायुनाईटेड स्कुलका संस्थापक केशर बहादुर आले र लुम्बिनी प्रदेश क्यानका प्रशिक्षक दिपेन्द्र प्रताप सिँहले संयुक्त रुपमा खेलको उद्घाटन गरेका थिए । खेल १५/१५ ओभरको खेलाईएको हो । टस हारेर ब्याटिको निम्तो पाएको घरेलु टोली १५ ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमा समेटिएको थियो ।

ओपनर ईन्द्र वि.सी.४ रन बनाएर छिटै आउट भएपछि दवावमा रहेको घरेलु टोली अर्का ओपनर लक्ष्मण कुंवर र अनुभव अधिकारीले दोस्रो विकेटका लागी ५१ रनको साझेदारी गरेपछि घरेलु टोलीले आफ्नो लक्ष्यतर्फ बढेको थियो । तर ११ औँ ओभरमा ओपनर लक्ष्मण कुँवर २२ रनमा रिर्टाएड हर्ट भएर बाहिरीए पछि लगत्तै १२ औँ ओभरमा अर्का ब्याटस्म्यान अनुभव अधिकारी ३१ रनमा क्याच आउट भएपछि टिमको लगातार विकेट पतन भएको थियो ।

पाचौँ नम्वरमा ब्याटस्म्यानका रुपमा आएका टिमको कप्तान समेत रहेका एल.वि. क्षेत्रीले एउटा एण्डबाट ११ रन बनाएर केही प्रयास गरेपनि अर्को एण्डबाट लगातार विकेट गएपछि टिमले आवश्यक स्कोर निर्माण गर्न सकेन ।


बलिङतर्फ टंक गौतमले ३ ओभरमा १४ रन खर्चेर ४ विकेट लगे । यसैगरी शिखर श्रेष्ठले ३ /३ ओभरमा १५ रन खर्चेर २ विकेट लगे भने अजय यादब, निराजन, प्रविण पाण्डे र शसिलको नाममा १/१ विकेट रहेको थियो ।

जितको लागि ८४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको आर्दश मा.वि. नेपालगञ्जले ४ विकेट गुमाउँदै लक्ष्य पूरागरेको थियो । आर्दश मा.वि. नेपालगञ्जको जितमा निराजनले २३ बलमा १ चौका र २ छक्कासहित ३५ रनमा आउन भए भने कप्तान समेत रहेका टंक गौतम २२ रन बनाएर आउट भए।


बलिङतर्फ ईन्द्र वि.सी.ले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लगे । यसैगरी रितेश नागले ३ / ३ ओभरमा १३ रन खर्चेर १ विकेट लगे भने १ विकेट अजय यादवको नाममा रहेको थियो ।

खेलको म्यानअफ द म्याच आर्दश मा.वि. नेपालगञ्जका निराजन भएका थिए भने खेलपछि आर्दश मा.वि. नेपालगञ्जलाई नेपाली पुरुष राष्ट्रिय टिमका पुर्व कप्तान एल.वि. क्षेत्री, शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादव, शिक्षक सघं बाँकेका अध्यक्ष ऋषिराज शर्मा, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य ज्ञानेश्वर शर्मा र नेपाल राष्ट्रिय शिक्षक संगठनका कोहलपुर नगर सचिव गणेश खड्काले सयुंक्त रुपमा मायाको चिनो प्रदान गरेका थिए ।

सो अवसरमा उपस्थित अतिथिहरुले यस खेलले क्रिकेट खेलको विकास, उन्नयन एवम यूवा समुदायमा प्रेणा जगाउन महत्वपुर्ण टेवा दिएको बताए । यस खेलले सामाजिक सद्भाव र सहिष्णुता तथा क्रिकेट खेलाडीको रुपमा उद्दियमान यस क्षेत्रका भाई बहिनीहरुलाई उत्प्रेरणा प्रदान गर्न टेवा पुग्ने आशा लिएको त्रिभुवन मा वि का शिक्षक केशवराज सिग्देलले कोहलपुर टुडेलाई जानकारी दिए ।

साथै मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक एकराज शर्माले शिक्षकले विद्यालयमा विद्यार्थी पढाउने मात्र नगरी आवश्यक अनुसार जुनसुकै क्षेत्रमा काम गर्न सक्ने प्रतिक्रिया दिए । उनले अतिरिक्त क्रियाकलाप गराउन शिक्षक आफू सक्षम भएर मात्र सिकाउने प्रतिक्रिया समेत दिएका छ्न ।