काेहलपुर ।
ईलाका प्रहरी कार्यालय कोहलपुरमा महिला हिरासत निर्माण भएको छ । शुक्रबार कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले हिरासतको उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै रावतले बाँकेका अन्य पालिकाभन्दा बढि कोहलपुरमा महिलाका विभिन्न प्रकृतिका मुद्धाहरु बढि आउने गरेको भन्दै हिरासत निर्माण भएको बताउनुभएको छ ।
एउटै हिरासतमा महिला र पुरुषहरु राख्न समस्या छ भनी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले हामीलाई पटक पटक जानकारी दिएपश्चात नगरपालिकाबाट १६ लाखको बजेटको व्यवस्था गरी निर्माण गरिएको नगर प्रमुख रावतले बताउनुभयो । कोहलपुर ईलाका प्रहरी कार्यालयले कोहलपुर, बैजनाथ र राप्तीसोनारी गरी तीन वटा स्थानिय निकायहरुको शान्ती सुरक्षा हेर्ने गरेको छ ।

यस्तै ईलाका प्रहरी कार्यलयका कोहलपुरका प्रमुख रविन्द्र खनालले कोहलपुर नगरपालिकालाई विशेष धन्यवाद दिएका थिए । कोहलपुर, बैजनाथ र राप्तीसोनारीका दैनिक ३५ देखि ४० जनाको थुनुवाहरुको केश आउने गरेको हुन्छ उहाँले भन्नुभयो थुनुवाहरु राख्नका लागि धेरै समस्या थियो, त्यसमा झन् महिला थुनुवालाई । अब धेरै सहज हुने भयो भन्दै खुसी व्यक्त गरे । यसले इप्रकाले तीन स्थानीय तहलाई शान्ति सुरक्षा दिँदै आएको उहाँको भनाई थियो ।

यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख कृष्ण अधिकारी, राप्तीसोनारी गाँउपालिका प्रमुख लाहुराम थारु, कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरी, राप्तीसोनारी गाँउपालिका उपप्रमुख धनीकुमारी खत्री लगायतको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्