कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाह मैदानमा ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता-२०८०’ हुन लागेको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा सहित आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता-२०८०’ सञ्चालन हुन लागेको हो ।

खेल तालिका
असोज २६ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने भनिएको भएता पनि विभिन्न प्राविधिक कारणले स्थगित भएको थियो ।
कोहलपुर रेसिङ्ग साहारा क्लब अध्यक्ष चक्र क्षेत्रीका अनुसार प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.सहित नेपालका ए डिभिजनका ७ क्लबहरु सहभागि हुने बताए ।
जसमा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम रहेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफि दिइने क्लबका अध्यक्ष क्षेत्रीले बताए ।
यस्तै पत्रकार सम्मेलनमा ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता-२०८०’ को लोगो, मुल व्यानर, टाईसिट र जर्सी समेत सार्वजनिक गरिएको थियो ।

मुल व्यानर
क्लबका अध्यक्ष चक्र क्षेत्री, क्लबका सचिव नवकिरण शाह, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुरका कप्तान हरि कठायत र कोच जनक केसी सहित संयुक्त रुपमा लोगो, मुल व्यानर, टाईसिट र जर्सी सार्वजनिक गरिएको थियो भने नेपालगञ्जका रविन शाहीले जर्सी सौजन्य गरेका हुन् ।
‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता-२०८०’ सञ्चालन तथा व्यवस्थापनका लागि करिब ८० लाख रुपैया लागत अनुमान गरिएको क्लबका कोषाअध्यक्ष काशिराम अधिकारीले बताए ।

लोगो
‘मुख्यमन्त्री कार्यालय लुम्बिनी प्रदेश, पालिका, उद्योगी, व्यापारीहरुले दिने प्रतिबद्धता दिनुभएको छ’ उनले भने, ‘ मुख्य मन्त्री कार्यालय र कोहलपुर नगरपालिबाट फाइनल भएको छ ।’ थप केही पालिका, उद्योगी, व्यापारीहरुको फाइनल हुन बाँकी हरेको कोषाध्यक्ष अधिकारीले बताए ।

यस्तै गत वर्ष सञ्चालन गरेको कोहलपुर प्रथम गोल्ड कपमा एफसी क्लब क्यामरुनले उपाधि जितेको थियो जसको प्रथम पुरस्कार ७ रहेको क्लबका सचिव नवकिरण शाहले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्