कोहलपुर ।
कोहलपुर नगरपालिकाले निर्माण गरेको भवन प्रयोगमा नआउँदै भत्कीन थालेका छन् । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा निर्माण गरेको भवन प्रयोगमा नआउँदै भत्कीन थालेका छन् । कोहलपुर नगरपालिकाले इलाका प्रहरी कार्यालयको प्रहरी विट राख्नका लागि बनाइएको थियो तर प्रहरी शौचालय निर्माण नभएपछि हामी प्रयोग गर्न मानेको थिएन ।
कसरी बनेको थियो भवन ?
कोहलपुर चौराहको उत्तर साइडमा प्रतिक्षालय थियो । मानिसहरुको आवातवात गर्दा बस्ने स्थान थियो प्रतिक्षालय । सोही प्रतिक्षालयलाई पुनः मर्मत गरी सो भवन निर्माण भएको थियो । सो भवन पुरा भई निर्माण कम्पनीलाई भुक्तानी समेत भैसकेको छ ।
प्रहरीलाई हस्तान्तरण गरिसकेका हौं : नगर प्रमुख
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले निर्माण व्यवसायी कम्पनीलाई बनाउने जिम्मा दिएका थियौं तर कस्तो बनायो हामीलाई थाहा नभएको बताउनुभयो । प्राविधिक टोलिले हेर्ने कुरा हो, हामीले प्रहरीलाई हस्तान्तरण गरिसकेका हौं उहाँले भन्नुभयो ।
शौचालय नहुँदा प्रयोग गरेनौं : खनाल
इलाका प्रहरी कार्यालय प्रमुख रविन्द्र खनालले शौचालय निर्माण नहँदा प्रयोग नभएको बताउनुभएको छ । प्रहरी राख्न खोजेको हो तर त्यहाँ शौचालय छैन कसरी प्रयोग गर्नु उनको प्रश्न थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्