बर्दियामा लागुऔषध (ब्राउन सुगर)सहित चारजना पक्राउ

काेहलपुर ।

बर्दिया प्रहरीले ठुलो परिमाणमा लागु औषध (ब्राउन सुगर) सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्लाको बढैयातालका विभिन्न स्थानवाट १२.३ ग्राम लागुऔषध (ब्राउन सुगर) सहित चार जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गत पुस २८ गते बढैयाताल–२ वाट बाँकेको खजुरा गाँउपालिका वडा नम्वर २ का ३३ बर्षिय दिवश भण्डारी र वडा नम्वर ५ का २१ बर्षिय बिशाल परियार पक्राउ परेका थिए । उनीहरुको साथवाट १ ग्राम ४०० मिलिग्राम (ब्राउन सुगर) र २ थान मोबाईल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

त्यस्तै पुस २९ गते बढैयाताल–७ वाट दैलेख गुँरास गाउँपालिका–३ का ३० बर्षिय तुलाराम शर्मा ७ ग्राम ४४० मिलीग्राम लागु औषधसहित पक्राउ परेको बर्दिया प्रहरीले जनाएको छ । उनको साथवाट १/१ थान मोटरसाईकल र मोबाईलसमेत बरामद गरिएको प्रहरी नायव उपरिक्षक शाहीले बताए ।

बिहिवार नै बढैयाताल ८ वाट गुलरिया–४ का २० बर्षिय बिपन सुनार ३ ग्राम ४६० मिलीग्राम लागुऔषध सहित पक्राउ परेका छन । उनको साथवाट १/१ थान मोटरसाईकल र मोबाईलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । भारतवाट नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका उनीहरु चारै जनालाई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान भईरहेको बताईएको छ ।