निजामति कर्मचारी युनियन बाँकेमा उद्धव श्रेष्ठ निर्वाचित

काेहलपुर ।

नेपाल निजामति कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि शनिबार निर्वाचन गराइएको थियो । मत गणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन् ।

श्रेष्ठले निकटतम प्रतिद्धन्द्धी कृष्णप्रसाद उपाध्यायलाई पराजित गरे । श्रेष्ठले २ सय ६ र उनका निकटतम प्रतिद्धन्द्धी उपाध्यायले १ सय ३९ मत ल्याएको निर्वाचन अधिकृत एवम् अधिवक्ता प्रभाकर भट्टराईले जानकारी दिए । निर्वाचनबाट एक जना सदस्यबाहेक सबै श्रेष्ठको प्यानल निर्वाचित भएको बताइएको छ । यस्तै उपाध्यक्ष ९खुल्ला० मा बेदेश्वर गौतम निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी पिताम्बर आचार्यलाई पराजित गरे ।

यसैगरी उपाध्यक्ष ९समावेशी० मा सुरेन्द्रकुमार गुप्ता निर्वाचित भए । उनले निकटतम प्रतिद्धन्द्धी दयाराम चौधरीलाई पराजित गरेका छन् । त्यस्तै सचिवमा निर्वाचित भएका पवन बुढाले लोकेन्द्र चन्दलाई पराजित गरे । कोषाध्यक्ष पदमा श्यामबहादुर शाही निर्वाचित भए । उनले रमेशकुमार रेग्मीलाई पराजित गरेका छन् ।

यसैगरी चार जना निर्वाचित हुने सदस्य ९खुल्लामा० दिपकुमार मल्ल, पवनराज भट्ट, प्रकाश पाण्डे र भिवबहादुर ठाडामगर निर्वाचित भए । ठाडामगर उपाध्याय प्यानलका हुन् । सदस्य खुल्लामा जगबिर खत्री, राजनकुमार थापा र लोकेन्द्र बुढा पराजित भएका छन् ।

सदस्य समावेशी मा गोकुल चिडिमार र रामकिशुन थारु निर्वाचित भएका छन्, भने प्रेमबहादुर शाही पराजित भए । तीन जना निर्वाचित हुनुपर्ने महाधिवेशन प्रतिनिधी (खुल्ला) मा नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की र राजेशकुमार सेन निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधी९खुल्ला०मा किरण डाँगी, देवेन्द्रकुमार केसी, तिलकप्रसाद आचार्य, यमकान्त कँडेल र मुकुन्दराज केसी पराजित भए ।

युनियनको जिल्ला उपाध्यक्ष (महिला) मा दुर्गादेवी गौतम, सह-सचिव (युवा) मा काशिराम रिजाल, सदस्य (महिला) मा कल्पना दुलाल र गिता शाही निर्विरोध निर्वाचित भएका थिए । महाधिवेशन प्रतिनिधी (महिला) मा लक्ष्मी केसी तथा महाधिवेशन प्रतिनिधी (समावेशी) मा जयन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।