नेपाल निजामति कर्मचारी संगठन कोहलपुरको अध्यक्षमा रावत

कोहलपुर ।

कोहलपुर नगरपालिका स्तरीय निजामति कर्मचारी संगठनको नयाँ नेतृत्व चयन गरिएको छ । नेपाल निजामति कर्मचारी संगठन कोहलपुरको अध्यक्षमा प्रदिप कुमार रावत चयन भएका छन् ।

‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट हौं’ भन्ने मुल नाराका मंगलबार भएको बृहत भेलाले कोहलपुरको अध्यक्षमा कुमार रावत चयन भएका हुन् । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको प्रमुख आथित्यितामा र निजामती कर्मचारी संगठन बाँकेका अध्यक्ष अग्नि आचार्य अध्यक्षतामा सो कमिटि निर्माण गरिएको हो ।

उपाध्यक्षमा लोक माया भारती, सचिवमा मिन बहादुर विक, कोषाध्यक्षमा शुसिला थापा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सुर्या चपाई, प्रदिप तिमिल्सेना, यसोदा योगी, सुधन बुढाथोकी, गणेश बहादुर खड्का, विजय रखाली, प्रविन बस्नेत, चित्र राम ओली र रुपलाल डाँगी चयन भएका हुन् । सो कार्यक्रममा कृ्ण्ण बहादुर थापा, मान बहादुर थापा र अशोक बाबू सापकोटा लगायतको उपस्थित रहेको थियो ।