रावन विश्वकर्मा , बर्दिया ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बाँसगढी नगर स्तरिय तदर्थ समिति गठन गरिएको छ । बर्दियाको बाँसगढीमा मंगलबार बसेको पार्टीको भेलाबाट विकास सुवेदीको नेतृत्वमा ११ सदस्य बाँसगढी नगर स्तरिय तदर्थ समिति गठन गरिएको हो ।
तदर्थ समितिको सभापतिमा विकास सुवेदी, उपसमितिमा चन्द बहादुर खत्री, सचिवमा तिर्थराज अर्याल, कोषाध्यक्षमा सुनिल अधिकारीलाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा सुनिता केसी, नविन खत्री, धन बहादुर बुढा, दिनेश धामी, सिंह बहादुर शाही, मखन थारु र अब्दुल शाह रहेको समितिका कोषाध्यक्ष सुनिल अधिकारीले जानकारी दिनुभयो ।
जेष्ठ सदस्य झलेन्द प्रसाद पौडेलको प्रमुख आथित्यमा सम्पन्न भेलाले बाँसगढी नगरपालिकामा धेरै भन्दा धेरै पार्टी सदस्यता वितरण गर्ने र बाँसगढीका ९ वटै वडामा पनि वडा स्तरिय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको र बृहत नगर भेला र पार्टी कार्यालय स्थापना गर्ने सम्बन्धमा समेत छलफल भएको समितिका कोषाध्यक्ष अधिकारीले बताउनु भयो ।
भेलामा आनन्दबाबु काफ्ले, विपिन पौडेल, होमनाथ अधिकारी, निलराज अधिकारी, बलराम सापकोटा, दिपक रावत, खिम प्रसाद बजगाई लगायतको सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्