जनआस्थाको ८ करोड ५२ लाख ६७ हजार बढि कारोबार

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्थाको ८ करोड भन्दा बढि कारोबार गरेको छ । आस्था बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ साधारण सभाको कार्यक्रममा सो रकम कारोबार गरेको अध्यक्षको प्रतिवेदनले उल्लेख गरिएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ८ करोड ५२ लाख ६७ हजार ७ सय ५४ रुपैयाको कारोबार गरेको छ ।

यस्तै सहकारी संस्थाका अध्यक्ष हरि चालिसेका अनुसार बाँकेका तीन पालिकामा कार्यक्षेत्र बनाएको यस सहकारीले गत आर्थिक वर्षमा ८ करोड भन्दा बढि कारोबार गरेको बताए । आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ५३ रहेको थियो भने हाल अहिले १ हजार २ सय १४ रहेको छ भने औसत सदस्य संख्या १३ प्रतिशतले बद्धि भएको छ । ५२ वटा समूह रहेको सहकारीले मासिक समूह बचत, बाल बचत, दैनिक बचत, ऐच्छिक बचत, मुद्धती बचत आदी रहेका छन् ।

यस्तै औसत शेय पुँजीमा २५ प्रतिशतले बृद्धि भएको छ भने आ.व. २०७६/०७७ मा १ करोड १४ लाख ९५ हजार ७ सय ७८ रुपैया रहेको आ.व. २०७७/०७८ मा १ करोड ३२ लाख ५१ हजार ५३ रुपैया रहेको छ । आ.व. २०६७/०७७ मा २ करोड ७२ हजार ७ सय २४ रुपैया थियो तर २०७७/०७८ मा ३ करोड २० लाख ३६ हजार ८ सय १५ रुपैया कर्जा लगानी गरेको छ ।हालसम्म ३ करोड ५७ लाख ७८ हजार ३ सय ९९ रुपैया रहेको छ ।

यस्तै सहकारीले आफ्ना शेयर सदस्यहरुलाई मल समेत विक्रि वितरण गरेको छ । जसमध्ये आ.व. २०७६/०७७ मा १७ लाख १७ हजार ५ सय ०४ रुपैया मल खरिद विक्रि गरेको थियो भने आ.व. ०७७/०७८ मा १५ लाख ९५ हजार १ सय २१ रुपैयाको मल खरिद विक्रि गरेको छ ।जनआस्था सहकारी संस्थाले आ.व. २०७६/०७७ मा कर पछिको ३ लाख ७५ हजार ४४ रुपैया रहेको थियो भने अहिले आ.व. ६ लाख १८ हजार १ सय १२ रुपैया खुद नाफा रहेको अध्यक्ष हरि प्रसाद चालिसेले बताए ।