राष्ट्रिय जागरण परिषद नेपालका संयोजक साध्यबहादुर भण्डारीसहितका नेताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । संयोजक भण्डारीसँगै उपाध्यक्ष भीमकुमारी गुरुङ, महासचिव हेमनाथ सेढाई, सचिव दुर्गानन्द चौधरी, गोकर्ण तामाङ, अर्जुन थापा, गोकुल थापा लगायतका नेता एकीकृत समाजवादीमा मिसिएका हुन् । परिषदबाट ८४७ जना एकीकृत समाजवादीमा समाहित भएको शुक्रबार आयोजित एकता घोषणा कार्यक्रममा जानकारी दिइएको छ । एकीकृत समाजवादीमा भण्डारलाई स्थायी कमिटी, हेमनाथ सेढाई र दुर्गानन्द चौधरी र गोकुल थापालाई केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिएको छ । यस्तै गुरुङलाई महिला सचिवालय सदस्यको जिम्मेवार दिएको छ ।
राष्ट्रिय जागरण परिषदबाट एकीकृत समाजवादी आएर जिम्मेवारी पाउने नेताहरु केन्द्रीय सदस्यमा ९ जना छन् भने ५१ जनाले विभिन्न जिम्मेवारी पाएका छन् । परिषदले ४३ जिल्लाका कार्यकर्ताको सूची समाजवादीलाई बुझाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्