काेहलपुर ।
नेपाली काँग्रेसका नवनिर्वाचित सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीको १४ औं महाधिवेशनले पाटीलाई नयाँ उर्जा दिएको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले महाधिवेशनले पाटीलाई नयाँ उर्जा दिएको बताएका हुन् ।
राठौरले नेता कार्यकर्ताहरुलाई अब एक ढिक्का भएर पार्टी सुदृढ ढंगले अघि बढ्ने उनको विश्वास छ । सह–महामन्त्री राठौरले बाँकेमा हुन लागेको निर्वाचनमा सर्वसम्मतको प्रयास गर्नेछु, त्यो सम्भव नभए लोकतान्त्रिक मान्यताअनुरुप निर्वाचन हुनेछ । पत्रकारको जिज्ञासामा उनले आगामी चुनावमा एक्लै वा गठबन्धनमा लड्ने भन्ने बारेमा समय अनुसार निर्णय हुने बताए । ‘सभापति ज्युले प्रधानमन्त्रीका हैसियतले अवश्य पनि सबैलाई मिलाएर जानुहुन्छ, एक्लै वा मिलेर पनि जान सक्ने हुन सक्छ, त्यो कुरा समयले बताउँछ ।’ राठौरले राष्ट्रिय सहमति कायम गरेर मात्र एमसिसी पारित हुने बताए ।
अहिले नै एमसिसी पारित नहुने उनले स्पष्ट पारे । पत्रकार सम्मेलनमा काँग्रेस सहमहामन्त्रीसंगै केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी पनि महाधिवेशन पश्चात पहिलो पटक गृह जिल्ला बाँके आएका हुन् । युनियन बाँकेको पत्रकार भेटघाटमा लुम्बिनी प्रदेश संसाद मोहम्मद याकुब अन्सारी, काँग्रेस बाँकेका उपसभापति फुलाराम थारु, सचिव कपील शर्मा, क्षेत्रीय सभापति पोषण केसी, नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारी, युनियनका पूर्व केन्द्रिय सदस्य युवराज श्रेष्ठ, युनियन बाँकेका पूर्व अध्यक्ष मेघराज ओली, नेपालगन्ज नगरसभापति प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु चौधरी, पूर्व सांसदद्वय बादशाह कुर्मी तथा आशा विक लगायतको उपस्थिती रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्