कोहलपुर ।
बाँकेको कोहलपुर-२ मा रहेको जनज्योति पब्लिक हाईस्कुलले सप्ताहव्यापी-२०७९ खेलकुद कार्यक्रम समापन गरेको छ । मंसिर ८ गतेदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सञ्चालन गरेको सप्ताहव्यापी खेलकुद कार्यक्रम मंसिर ९ गते समापन गरिएको थियो ।
खेलकुदमा नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुले सहभागिता रहेको विद्यालयका पिन्सिपल जनक चन्दले जानकारी दिए ।
यस्तै समापन कार्यक्रममा बोल्दै जनज्योति पब्लिक हाईस्कुलका प्रबन्ध निर्देशक वेगम चन्दले अध्ययन र खेल संगैसँगै लैजानुपर्नेमा जोड दिएका थिए । सो समारोहमा खेलकुदमा सर्वोउत्कृष्ट हुने हाउसहरुलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।
प्रथम हुने अन्नपूर्ण, द्धितीय माछापूच्छे, तृतीय सगरमाथा र सान्तोना धौलागिरी हाउस रहेका थिए । खेलाडिहरुलाई ट्रफि, मेडल तथा प्रमाणपत्र समेत प्र्रदान गरिएको थियो ।
यस्तै समापन कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर चन्द र पिन्सिपल जनक चन्दले बालबालिकाको चौथर्पी विकास गर्नका लागि विभिन्न समय समयमा फरक फरक किसिमका ज्ञान, सिप दिनुपर्ने र अध्ययन अध्यापनमा समेत विशेष ध्यान दिइरहेको बताए ।
काेहलपुर टुडे । १० मंसिर २०७९, शनिबार १५:०७