नेपाली कांग्रेसको ५२ पेजकाे घोषणापत्र सार्वजनिक ‍‍(पूर्णपाठ)

संसद विघटन नगर्नेदेखि साढे १२ लाखलाई रोजगारीसम्म

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आईतबार पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ का लागि नेपाली कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक गर्दै ।

काठमाडौं ।

नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित ५२ पेजको घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कांग्रेसले आफ्नो ५२ पेजको घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा आगामी पाँच वर्षमा साढे १२ लाखलाई नयाँ रोजगारी दिनेदेखि पूर्वाधार विकासका कार्यक्रम समेटिएको छ । आज कांग्रेस मुख्यालय सानेपामा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा संसद विघटन नगर्नेसमेत प्रतिबद्धता जनाएको छ । ‘एमाले राज्य सञ्चालन गर्न असमर्थ छ ।’ घोषणा पत्रमा उल्लेख छ ।’

‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित काँग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो ।

अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षााविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत काँग्रेस नेताहरुले घोषणापत्र तयार गरेका हुन् ।

यस्तो छ पूर्ण पाठ