एकराज शर्मा
साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशको प्रवेशद्धारको रुपमा रहेको विकासोन्मुख सहरका रुपमा विकसित सुन्दरनगरी कोहलपुरको मुटुमा रहेको नेपाल सरकारको शत प्रतिशत लगानीमा स्थापित मध्यपश्चिम विशवविद्यालयको आंगिक क्याम्पसका रुपमा स्थापित बागेश्वरी बहुमुखी क्याम्पसको स्थापना वि.स. २०४८ सालमा भएको हो । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा अत्याधिक विद्यार्थी सङ्ख्याको चापलाई मध्येनजर गर्दै सह–प्राध्यापक श्री वेदनिधि शर्माको अगुवाईमा नेपालगञ्जको सदरलाईन स्थित सरस्वती कन्या माध्यमिक विद्यालयमा यसको विधिवत स्थापना भएको हो । यस कार्यमा चोलराज शर्मा, शशाड्ढ शेखर चटर्जी, फत्ते बहादुर सिह, डा. विश्वनाथ प्रसाद कुर्मी, हरीप्रसाद शर्मा, राम सनेही वर्मा, सुधा शर्मा, नारायण प्रसाद शर्मा गैरे, विजय शाह, गोपाल प्रसाद रिमाल जस्ता शैक्षिक हस्तीबाट यो संस्थाको उदय भएको थियो ।
कोहलपुर नगरीमा उच्च शिक्षा अध्ययनका लागि कुनै पनि शिक्षण संस्था नभएको तत्कालीन समय वि.स. २०४९ मा यस क्याम्पसलाई नेपालगञ्ज बाट कोहलपुरमा स्थापना गर्ने क्रममा तत्कालीन जि.वि.स.सभापति ओम प्रकाशजंश राणा, तत्कालीन कोहलपुर गा.वि.स. अध्यक्ष लुट बहादुर रावत, हरिप्रसाद रावत, नारायण प्रसाद सिग्देल, ज्ञानेन्द्र गिरी, बलराम शर्मा, डा. अरुण कोईराला, कर्ण बहादुर थापा, नरेन्द्र शर्मा पौडेल, होमप्रकाश सुवेदी जस्ता समाजसेवी एवम् राजनीतिज्ञ एवम् शिक्षा प्रेमीहरुको पहलमा कोहलपुरमा ल्याइएको थियो । पछि यसलाई भानुभक्त भट्टराई, नरेन्द्र न्यौपाने, अबराज खड्का लायतका व्यक्तिहरुबाट यसको स्तर उन्नोति समेत गरियो ।
नेपालगञ्जबाट कोहलपुरमा ल्याउँदा यो क्याम्पस त्रिभूवन माध्यमिक विद्यालयमा सञ्चालन भएको गरिएको थियो । त्यसबेला ओमजंश राणा, वेदनिधि शर्मा, थानेश्वर कोईराला, लुट बहादुर रावत, डा.अरुण कोइराला, हरिप्रसाद रावत, ईश्वरी प्रसाद पौडेल, कर्ण बहादुर थापा, नारायण प्रसाद सिग्देल, बलराम यादव, ज्ञानेन्द्र गिरी, जस्ता व्यक्तिहरु विकास समितिमा रहेर यस क्याम्पसलाई योगदान गरेको इतिहास छ । उक्त समयमा कोहलपुर नगर विकास समितिले एक लाख रुपैया आर्थिक सहयोग गरी क्याम्पसको पुस्तकालय स्थापना गरिएको थियो भने बत्तिस हजार रुपैयाको पाठ्यपुस्तक नगरविकास समितिले प्रदान गरेको थियो । तत्कालीन समयमा त्रिभूवन मा.वि.बाट यस संस्थालाई छुट्टै स्थापना गर्नका लागि नगर विकास समितिबाट ००-०३-१२ जग्गा उपलब्ध गराई हाल क्याम्पस रहेको स्थानमा सार्नेकाम गरिएको थियो ।
यस क्याम्पसको भौतिक पूर्वाधार निर्माण गर्नका लागि आर्थिक स्रोत जुटाउन तत्कालीन स्थानिय नेतृत्व लगायत समाजसेवी बाट पहल कदमी भएको थियो । कोहलपुर गा.वि.स ले मालपोत बाट उठ्ने रकमको १% करबाट सुरुगरी तत्कालिन रझेना, बनकटवा, गनापुर, चिसापानी, शंमसेरगञ्ज, ढकेरी, नौवस्ता स्थानीय निकायबाट पनि क्रमश : ४ र ३ जना रहेका थिए । वि.स. २०५५ सालमा स्नातक तहमा मानविकी सङ्कायको सम्बन्धन त्रि.वि.बाट प्राप्त गरेको थियो । त्यसवेला मानविकी संकायमा विद्यार्थीको चाप बढेको थियो । २०५० सालमा उच्च माध्यमिक शिक्षा परीषदबाट कक्षा ११ र १२ को स्वीकृति लिए पश्चात यस क्याम्पसमा विद्यार्थीहरुको सङ्ख्या निकै धेरै रहेको थियो । वि.स. २०६१ सालमा स्नातक तह (बी.एड.) शिक्षाशास्त्र सङ्कायको अनुमति लिए पश्चात उक्त संकायमा १२० जना, +२ तिर A देखि F सेक्सनसम्म विद्यार्थीको चाप थियो भने मानविकी संकायमा विद्यार्थी कम भईसकेका थिए । वि.स.२०६२ सालमा वी.वी.एस.को अनुमति प्राप्त गरेको थियो । वि.स. २०६६ सालमा एम.एड. मा ४ विषयमा अनुमति प्राप्त गर्दा समेत विद्यार्थीहरुको चाप १५००–१८०० सम्म रहेको थिए ।
मिति २०७१/०८/०५ मा मध्यपश्चिम विश्वविद्यालयको सिनेटको बैठकले तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाको चाहना अनुरुप यस क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय भएको थियो । उक्त कार्यलाई नेपालसरकार मन्त्रीपरिषद मिति २०७४/०६/०२ को बैठकले दरबन्दी स्वीकृत गरिसकेको छ । हाल क्याम्पसले कक्षा ११ र १२ लाई हटाई सकेको छ । हाल यस क्याम्पसले स्नातक तहमा शिक्षाशास्त्र संकाय तर्फ बी.एड., व्यवस्थापन संकाय तर्फ बी.बी.एस.र मानवीकी बी.ए.तथा स्नातकोत्तर तर्फ शिक्षाशास्त्र संकाय एम.एड. (पाठ्यक्रम तथा मूल्याङ्कन, स्वास्थ्य शिक्षा, अंग्रेजी शिक्षा तथा नेपाली), मानवीकी संकायमा ग्रामिन विकास आर.डी. र व्यवस्थापन संकायको पठनपाठन गराउँर्दै आएको छ । हाल स्नातक तहको शैक्षिक सत्र २०७८ को नयाँ भर्नाको लागि आवेदन खुला गरेको छ । यसको लागि २०७८ पौष १६ सम्म ईन्ट्रान्सको फारम वितरण भईरहेको छ भने २०७८ पौष १७ गते दिउँसो १ बजे ईन्ट्रान्स परीक्षा हुने छ । पौष नतिजाा प्रकाशन १९ गते तथा २० गते देखि ३० गते सम्म भर्ना आवेदन खोलेको छ ।
यस क्याम्पसमा बृृहत पुस्तकालय, इ–लाईवे्ररी, फ्री वाइफाईको सुविधा छ, समय समयमा शैक्षिक भ्रमणको व्यवस्था रहेको छ । निकै शान्त वातावरणमा निकै न्यून शुल्कमा पठनपाठन हुने, सरकारको शत प्रतिशत लगानीमा आम गरिब समुदायका छोराछोरीहरुको लागि स्थापित मध्यपश्चिम विश्वविद्यालयको एक मात्र आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस हो । यस क्याम्पसमा आधुनिक शिक्षण विधि तथा सामाग्री, प्रविधियुक्त स्रोत साधनको माध्याबाट पठनपाठन हुने गरेको छ । हरियाली वातावरणमा शान्त वातावरणमा कक्षाहरु अनुभवी, योग्य प्राध्यापकहरुबाट पठनपाठन गराईन्छ ।
क्याम्पसमा कार्यरत केही प्राध्यापकहरु विद्यावारिधी (PHD) एम फिल अध्ययन गरिरहनु भएको छ भने ९८ प्रतिशत प्राध्यापकहरुले २/३ विषयमा स्नातकोत्तरको उपाधी प्राप्त गरिसक्नु भएको छ । कार्यरत केही प्राध्यापकहरुले त्रिभूवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहका पाठयपुस्तक समेत पब्लिस गरिसक्नु भएको छ ।
क्याम्पसमा प्रविधि मैत्री वातावरणमा Auido visual प्रविधीबाट कक्षा सञ्चालन भइरहेका छन भने क्याम्पस ले मध्यपश्चिम विश्वविद्यालयले प्रदान गरेको BBA भवन निर्माण गरिरहेको छ । हाल यस शैक्षिक शत्रमा मध्यपश्चिम विश्वविद्यालयले न्यून शुल्कमा स्नातक तहको BEd, BBS र BA मा सेमेष्टरप्रणालीबाट पठनपाठन गरिरहेको छ । जुन अन्तराष्ट्रिय समकक्षताको लागि महत्वपूर्ण आधार हो । समयमै परीक्षा, समयमै नतिजा प्रकाशन, परियोजना कार्यमा अभ्यस्त हुने वातावरण, स्वयम् विद्यार्थीहरु शिक्षणमा सहभागी हुनपाउने अवसर, मध्यवधी परीक्षाको व्यवस्था समेत रहेको छ । क्याम्पसमा प्राध्यापनरत प्राध्यापकबाट लिखित पाठ्यपुस्तक प्रयाप्त मात्रामा पाइृन्छन । आफ्नो योग्यता बढाउने अवसर प्रदान गरी यस समुदायमा रहेका गरिब, पिछडीएका, निमुखा आम समुदायको पहुँच पुग्ने, २१ औ शताब्दीमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने जमको गरेको छ । ४ वर्षे ८ औ सेमेष्टर सम्म विद्यार्थीहरुले न्युनतम त्रिचालिस हजार देखि चवालीस हजार रुपैया मात्रमा स्नातक तहको पठनपाठन सकिन्छ । यसका लागि निम्न शुल्क रहेको छ ।
विविध शीर्षकमा १२ प्रतिशत छात्रवृतिको व्यवस्था रहेको र जेहन्दार विद्यार्थीहरुको हकमा ईन्ट्रान्स परीक्षाको नतिजासंगै प्राप्त गर्न सकने व्यवस्था छ । यस विश्वविद्यालय तथा क्याम्पस सम्बन्धि बाहिर विभिन्न खालका गलत प्रचार प्रसार भई रहेको सुनिएको छ । यस क्याम्पसमा अध्ययन गरेपछि लोक सेवा दिन नपाईने, मान्यता नहुने, पाठ्यपूस्तक पनि नभएको, राजनीति बढि हुने, परीक्षा मात्र भईरहने, लगायतका विविध खालका अर्नगल भ्रम फैलाउने काम भएकोले आम अभिभावक तथा विद्यार्थीहरु यस प्रति सचेत हुनु आवश्यकता छ । आम विद्यार्थी नेताहरु यस क्याम्पसको जनशक्ति भएकोले विद्यार्थी नेताहसंग यस सम्बन्धिका तर्कहरु शोधपुट गर्न पनि सकिने आधारहरु रहेको छ । शतप्रतिशत सरकारको लानीमा स्थापित विश्वविद्यालय तथा क्याम्पसमा पनि माथि उल्लेखित भ्रम हुने नहुने सवालमा आम अभिभावक सचेत हुने कुरामा हामी विश्वस्त छौं । कोहलपुरमा उच्च शिक्षाको शैक्षिक भरोहर समेत रहेको कुरा आम नागरिकमा यसबाट स्पष्ट पार्न सकिन्छ । यस क्याम्पसले उत्पादन गरेको विगतको जनशक्तिले देश विदेशका सरकारी तथा गैरसरकारी संघसंस्थाको उच्च ओहदामा काम गरिरहेको वर्तमान समयमा अझ शसक्त जनशक्ति उत्पादन गर्न नेपाल सरकार लागेको छ । भौतिक पूर्वाधार सम्पन्न यस शैक्षिक संस्था प्रतिको जिम्मेवारी अरु राम्रो बनाउन त्तब्ब् को प्रक्रिया समेतलाई अगाडी बढाइरहेको छ ।
यसको केहि समयपछि त्तब्ब् सर्टीफाइट जनशक्ति मात्र रोजगार हुने संम्भावना लाई यसले अङगीकार समेत गरेको छ । यस क्याम्पसले आगामी वर्षमा द्यद्यब् तथा शिक्षा विज्ञान, पत्रकारीता विषयहरु थप गर्ने जमर्काे समेत गरेको छ । बहुउद्देश्यीय भवन निर्माण, अत्याधुनीक अडीटोरीयम हल, हरेक कक्षाकोठामा प्रोजेक्टर, इन्टरनेटबाट कक्षा सञ्चालन गरी २१औं शताब्दीको विज्ञान र प्रविधीसंग विश्व प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने महान उद्देश्य बोकेकाले आम दाजुभाई दिदीबहीनी एवम् सरोकारवालाहरुले यस क्याम्पस प्रतिको मायाममता बढाई आफ्ना छोराछोरीको भविष्य उज्जवल बनाउन सहयोग गर्ने अपेक्षा गरेका छौं । यसका लागि आम सरोकारवाला निकाय तत्पर भएर सहरउन्मूख कोहलपुर नगरमा उच्च शिक्षा प्रदान गर्ने उच्च शैक्षिक संस्थालाई अन्तरमनदेखि सम्झदै यसको वृहत्तर विकासमा लाग्न समेत आग्रह छ । त्यसैले कस्ैको भ्रममा नपरौ. आफनो शैक्षिक योग्यता, क्षमता, कौशलता तथा बुद्दिमताको प्रयोग गर्दै हाम्रो क्याम्पस, राम्रो क्याम्पस सरकारी क्याम्पस हो बागेश्वरी क्याम्पस जसले आफना सवल पक्षको मात्र वकालत गरी आम अभिभावकलाई शैक्षिक सेवा प्रदान गर्दै आएको छ । समयमै ध्यान दिउँ र पछिको पछुतो नहोस भन्ने कामनाका साथ यहाँहलाई क्याम्पसले स्वागत गर्न चाहेको छ । हामी गुणस्तर शिक्षाको माध्यमबाट राम्रा विद्यार्थीहरु भेरै भन्दा धेरै भर्ना गर्न चाहन्छौं निककी हाम्रो क्याम्पमिा विभिन्न शीर्षकमा १२ प्रतिशत छात्रवृतिको समेत व्यवस्था रहेको छ भने जेहन्दार छात्रवृति ईन्ट्रान्सको परीक्षा संगै प्राप्त गर्न सकिने व्यवस्था पनि छ । बागेश्वरी बहुमुखी क्याम्पसमा भर्ना भई, गराई हाम्रा छोराछोरीहरुको भविष्य सुनिश्चित गरी सेमेष्टर प्रणालीको पठनपाठनमा सामेल हुन र गराउन अपिल गरिएको छ । यस क्षेत्रका प्रतिष्ठीत राजनीतिक दल, समाजसेवी सामेल भई नीतिनियम तर्जुमा गरी सरकारी क्याम्पस बनेकोमा हाम्रो गौरव भएको महसुस होस् । अस्तु !
लेखक शर्मा मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङ्कन विभागका विभागीय प्रमुख हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्