कोहलपुर।
बाँके जिल्लाको राप्तिसोनारी गाउँपालिका-२ ठुरिया जङलमा स्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ ६ : ३० बजेको समयमा पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको बाग्मती प्रदेस ०२ ०१५ प ५१४२ मोटरसाइकल दुर्घटना हुँदा प्युठान नौबहिनी गाउँपालिका वडा नं. ७ फोप्लीका ३२ वर्षका मदन बहादुर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कुशुमले जानकारी दिएको छ ।

कोहलपुर टुडेसंग कुराकानी गर्दै प्रहरी कार्यालयले सो भण्डारीलाई नेपालगञ्ज मेडिकल कलेजमा ल्याउने क्रममा मृत्यु भएको जानकारी दिएको हो ।
सच्याइएकाे ।
राप्तीसाेनारी गाउपालिका २ ठुरिया जङलमा दुर्घटना भएकाे र माेटरसाइकल नम्बर फरक पर्ने गएकाेले सच्याइएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्