Kohalpur Today Header Ads

सल्यानमा दार्मा गाउँपालिका वडाध्यक्ष सहित चार पक्राउ




सल्यान ।

सल्यानमा छिमेकीको विवाह भोज खान गएका व्यक्तिको रहस्यमय मृत्यु भएपछि प्रहरीले वडाध्यक्ष सहित चार जनालाई पक्राउ गरेको छ । गत मङ्सिर २० गते दार्मा गाउँपालिका २ पाजाखोलाका ७० वर्षीय टेक बहादुर खत्री विवाह भइरहेको घर नजिकैको गोठमा मृत फेला परेका थिए ।

खत्रीको मृत्युको विषयमा अनुसन्धान गर्ने क्रममा उनको मृत्यु रहस्यमय भएको पाइएपछि वडाध्यक्ष डिल्ली बहादुर केसी, स्थानीय ३६ वर्षीय राम बहादुर खत्री, ४७ वर्षीय कुल बहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको
छ । पक्राउ परेका तीन जनाले वडाध्यक्षको नाम लिए पछि उनलाई अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम प्रकाश यादवले जानकारी दिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

मृतकका आफन्तले हत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाइ मंसिर २७ गते पक्राउ गरेको थियो भने वडाध्यक्षलाई पुस ५ गते पक्राउ गरेको हो । मृतक खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु भएको आफन्तले बताउँदै आएका छन् ।प्रहरीले वडाध्यक्षले चलाउँदै आएको लु ७१ प ३९२७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

चार जनाको अदालतबाट म्याद थपि अनुसन्धान अघि बढाई रहेको प्रहरीले जनाएको छ । अनुसन्धानकै क्रममा भएकाले हत्या वा मृत्यु भनेर भन्न नसकिने प्रहरीको भनाई छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ८ गते बिहीबार