शिवध्वज शाहि, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालय पाँच वर्षे रणनीतिक योजना निर्माण समितिको विषयगत कार्यदलसँग बैठक आरम्भ भएको छ ।विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का नेतृत्वको पाँच वर्षे रणनीतिक योजना निर्माण समितिले योजना निर्माण कार्यलाई समयसीमाभित्र सम्पन्न गर्ने गरी आजबाट विषयगत कार्यदलसँग बैठक आरम्भ गरेको छ । शुक्रवार वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय कार्यालयमा कार्यकारी निर्देशक डा.खड्काको अध्यक्षतामा डा. रेशमबहादुर विष्ट संयोजक रहेको जनशक्ति व्यवस्थापन नीति तथा योजना निर्माण कार्यदलसँग सघन छलफल सहित वैठक सम्पन्न गरेको हो ।

कार्यकारी निर्देशक एवम् पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा. खड्काले विभिन्न विषयगत कार्यदलसँग यसैगरी शृङ्खलाबध्द रुपमा बैठक गरी अन्तिम रुप दिने बताए ।
बैठकमा सहभागी कार्यदल संयोजक डा. विष्ट सहित सदस्यहरुले सबै सरोकारवालालाई अपनत्व हुने गरी टीम निर्माण गरेकोमा कार्यकारी निर्देशक डा. खड्कालाई धन्यवाद ज्ञापन गर्दै उहाँको मूल नेतृत्वमा विश्वविद्यालयको योजना निर्माणमा विभागीय कार्यदलको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसीले कार्यदल सदस्यहरुबाट व्यक्त आवश्यक पृष्ठपोषण टिपोट गरेको प्रशासन अधिकृत शेर बहादुर केसीले कोहलपुर टुडे लाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्