भोली कोहलपुर चौराह बन्द गर्ने घोषणा




कोहलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर चौराहमा गत चैत्र १५ गते काठमाण्डौंको तिनकुनेमा भएको प्रर्दशन र आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विषयलाई लिएर बन्द गर्ने घोषणा गरेको छ ।

संयुक्त आन्दोलन परिचालन समितिले गरेको बाँके बन्दलाई राजावादि नागरिक समाज कोहलपुरको समर्थनमा भोली कोहलपुर चौराहमा सवारी साधान आवातजावतमा बन्द गर्ने घोषणा गरेको हो ।

राजावादी नागरिक समाज बाँकेका संयोजक अर्जुन जंग शाहले कोहलपुर चौराहलाई केन्द्रमा राखी यातायात बन्द गर्ने घोषणा गरेको बताए ।

केहलपुर टुडेसंगको कुराकानीमा शाहले भने, ‘शान्तिपूर्ण तरिकाले आन्दोलनका कार्यक्रमहरु हुनेछन् त्यसलाई सरकार पक्षले उत्तेजना प्रर्दशन गरेमा त्यसको प्रतिकार गर्ने योजना समेत बनाएका छौं ।’ बाँके जिल्लाका सबै अग्रज व्यत्तित्वहरुलाई आन्दोलनलाई साथ र सहयोग गर्न आव्हान गरिएको संयोजक शाहले जानकारी दिए ।

कोहलपुर चौराहदेखि उत्तर–दक्षिण र पूर्व–पश्चिम विहान ८ बजेदेखि साँझा ५ बजेसम्म चल्ने अत्यावश्यक सवारीसाधन बाहेक सम्पूर्ण आवागमन ठप्प पार्ने घोषणा गरिएको शाहले बताए ।

शाहका अनुसार सो विषयलाई लिएर आमसर्वसाधरणले भोलीको दिन आफ्नो कार्यतालिका बनाउन आग्रह समेत गरेका छन् । संयुक्त आन्दोलन परिचालन समितिले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग समेत गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत २४ गते सोमबार