कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको कोहलपुर साना किसान कृषि सहकारी संस्थाले १ सय ९३ समूह मध्ये एक समूहलाई उत्कृष्टको रुपमा घोषणा गरेको छ ।
उत्कृष्ट समूहमा पर्ने पटाउकी बस्नेत, अमृता बोहोरा, सेमी खत्री, बृद्धि चलाउने, कमला बुढाथोकी, निर्मला खत्री, सरिता बुढाथोकी र शुसिला चलाउनेको समूह उत्कृष्ट भएको थियो । उनीहरुलाई नगद र प्रमाण पत्र समेत उलपब्ध गराएको थियो ।
यस्तै कोेहलपुर साना किसान कृषि सहकारी संस्थाले आर्थिक वर्ष २०७८/२०७९ मा ४८ लाख ४९ हजार ७ सय ४७ रुपैया नाफा कमाएको छ । आर्थिक वर्ष २०७८/२०७९ मा १० करोड ९३ लाख ६९ हजार १ सय ८ रुपैयाको कारोबार गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्